News Category 2075/05/26
सनराइजद्वारा पीडित परिवारलाई दुर्घटना बिमा भुक्तानी
दैनिक समाचारदाता
राजविराज, २५ भदौं ।
सनराइज वैंक राजविराज शाखाले ग्राहकका लागी ल्याएको स्वास्थ्य विमा सुविधा योजना अन्र्तगत सोमबार आफ्ना एक ग्राहकका परिवारलाई दुर्घटना बीमा वापतको रकम उपलब्ध गराएको छ ।
बैंकका ग्राहक तिलाठी २ तथा हाल राजविराज नगरपालिका ८ का फुलेश्वर मिश्रको गत बैशाखमा सडक दुर्घटनामा परि मृत्यु भएपछि उनका परिवारलाई बैंकले सो दुर्घटना बीमा वापतको १ लाख ६९ हजार ३ सय ९५ रुपैयाँको चेक हस्तान्तरण गरेको शाखा प्रमुख रोहित महासेठले जानकारी दिए ।
बैंकले सोमबार एक कार्यक्रम आयोजना गरी मिश्रकी पत्नी पवन मिश्रलाई सो चेक हस्तान्तरण गरेका हुन् । रकम वुझदै मिश्र की पत्नी पवन देवीले वैंकले प्रदान गरेको रकमले छोरा छोरीको पालन पोषण र शिक्षामा ठुलो सहयोग पुग्ने वताइन ।
बैंकले स्वास्थ्य विमा अन्र्तगत ग्राहकलाई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्चमा १ लाख नबढने गरी वचत खातामा रहने वार्षिक औसत मौज्दातको २५ प्रतिशत वा बिल रकम मध्ये जुन न्युन हुन्छ सो रकम दावीगर्न पाइने व्यवस्था गरेको छ ।
त्यस्तै दुर्घटना विमा अन्र्तगत वचत कर्ताको मृत्यु वा स्थायी तवरले अशक्त भएमा ५ लाख रुपैयाँ भन्दा नवढने गरी वचत खातामा रहेको मौजदातको ४ गुना सम्म दावी गर्न सकिने व्यवस्था छ ।
यसअघि गत जेठ १८ गते पनि सो वैंकले स्वास्थ्य विमा सुविधा अन्र्तगत राजविराज १ का राम अवतार यादवलाई उपचार खर्च वापत ४९ हजार रुपैयाँ उपलव्ध गराएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ