News Category 2075/05/26
बाढीपीडितद्वारा वडा कार्यालयमा पुनः तालाबन्दी
दैनिक समाचारदाता
राजविराज, २५ भदौं ।
राजविराज नगरपालिका वडा नं. ५ को कार्यालयमा बास्तविक बाढीपिडतहरुले राहत नपाएको र विगतको सहमति कार्यान्वयन नभएको भन्दै पुनः तालाबन्दी गरेका छन् ।
झण्डै ६ महिना अघि गत चैत महिनामा तत्कालिन प्रमुख जिल्ला अधिकारी, वडाध्यक्ष सहितका पदाधिकारी र आन्दोलनरत पक्षको छलफलबाट बास्तविक बाढीपीडितहरुको नाम संकलन गर्न समिति बनाएपनि हालसम्म कुनै कार्य नभएको भन्दै आइतबार पुनः तालाबन्दी गरिएको आन्दोलनरत पक्षका संजय दासले जानकारी दिए ।
जनप्रतिनिधि र कर्मचारी मिलेर बाढीपीडितको गलत तथ्याङ्क तयार गरेको तथा सोको विरोधपश्चात् तथ्याङ्क सुधार गर्ने सहमति गरेपनि हालसम्म ती कुरालाई वेवास्ता गर्दै पुनः जथाभाबी राहत वितरण गर्न थालेपछि तालाबन्दी गरिएको उनको आरोप छ ।
जनप्रतिनिधि समेतको राहत लिनेमा नाम उल्लेख भएको तथा एउटै व्यक्तिको नाम दुई पटक, एउटै परिवारका चार जनाको नाम छुट्टाछुट्टै रहेको तर बास्तविक पीडितको नाम नरहेकोले बास्तविक पीडित झनै पीडित बनेको उनले बताए ।
यता राहत लिने तथ्याङ्कमा भारतीय नागरिकको नाम र पहिचान समेत नखुलेका व्यक्तिका नाममा राहत हिनामिना गर्न खोजेपछि कार्यालयमा तालाबन्दी गर्न बाध्य भएको उनले बताए ।
यता वडा अध्यक्ष समिर झाले बाढीपीडितको समस्या समाधानका लागि गम्भिर भएर छलफल भइरहेको बताउँदै छिट्टै समस्याको समाधान निस्कने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ