News Category 2075/05/29
कञ्चनरुप र हनुमाननगरमा स्वाईन फ्लु र हङकङ फ्लुको भाईरस फेला, प्रभावित क्षेत्रमा सतर्क रहन सर्वसाधारणलाई आग्रह
दैनिक समाचारदाता
राजविराज, २८ भदौं ।
सप्तरीको कञ्चनरुप र हनुमाननगर नगरपालिकामा स्वाईन फ्लु र हङकङ फ्लुको भाईरस फेला परेको छ ।
केही दिनदेखी ती नगरपालिकामा रुघाखोकी र ज्वरोका बिरामीहरु देखिन थालिएपछि कञ्चनरुपका १८ तथा हनुमाननगर नगरपालिकाका ६ गरी २४ जनामा गरिएको परीक्षणका क्रममा १ जनामा स्वाईन फ्लु र १० जनामा हङकङ फ्लु फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख निरन्जनप्रसाद यादवले जानकारी दिएका छन् ।
यसअघि ज्वरो र रुघाखोकीबाट ग्रसित कञ्चनरूप नगरपालिका ७ का १४ वर्षीय दिवश बस्नेत, वार्ड नं. ३ का १४ वर्षीय किशोर राम र वार्ड नं. ९ का १४ वर्षीय आमोदकुमार रामको मृत्यु भएको थियो ।
यस्तै ज्वरो तथा रुघाखोकीकै कारण कञ्चनरुप नगरपालिका ४ कविलासाकी ६० वर्षीया वलसाल सरदारको विराटनगरस्थित ग्रिनक्रस हस्पिटममा उपचारकै क्रममा बुधवार बिहान मृत्यु भएको स्थानीयले बताएका छन् ।
भारतको झारखन्डस्थित बाबाधाम गएर आएका तीर्थयात्रीबाट स्वाईन फ्लुको संक्रमण फैलिएको आशंका गरिएको छ । बाबाधामबाट फर्किएका कञ्चनरुप नगरपालिका ४ कविलाशाकी बलसाल सरदारको मृत्यु भएको र वडा नं. ७ का हरिलाल साहमा स्वाईन फ्लुको संक्रमण देखिएपछि उतैबाट रोगको संक्रमण सुरु भएको हुन सक्ने आशंका गरिएको हो ।
यता बिरामीहरु बढ्न थालिएपछि भदौ २४ देखि तीन दिनसम्म सञ्चालन गरिएको हेल्थ क्याम्पमा जम्मा १ हजार १ सय २२ जनाले स्वास्थ्य परीक्षण गराएका थिए । जसमध्ये २४ जनाको रगत र ¥याल परीक्षणका लागि काठमाडौस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाईएको उनले बताए ।
सोही परीक्षण पश्चात् कञ्चनरुप नगरपालिका ७ बलुवाका ६० वर्षीय हरिलाल साहलाई स्वाईन फ्लुको संक्रमण भएको जानकारी दिदै यादवले कञ्चनरुपका अन्य ४ जना तथा हनुमाननगरका ६ जनामा हङकङ फ्लु फेला परेको बताए ।
यसैबीच जिल्ला दैवी प्रकोप उद्दार समितिको बिहीबार सम्पन्न आपत्तकालीन बैठकले प्रभावित क्षेत्रमा स्वास्थ्य टोली खटाउने र उपचारको व्यवस्था मिलाउने तथा भारतीय नाकामा हेल्प डेस्क राख्ने विषयमा निर्णय भएको छ ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी तथा समितिका संयोजक सुरेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न बैठकले जिल्ला दैवी प्रकोप उद्दार समितिले प्रभावित क्षेत्रमा सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ । स्वाईन फ्लु तथा हङकङ फ्लु फोहोर तथा भिडभाडका कारण चाँडो फैलने भएकाले भीडभाडमा सहभागी नहुन, कसैसँग हात नमिलाउन, सरसफाईमा ध्यान दिन र बिरामीलाई सुरक्षित स्थानमा राख्न प्रजिअ पौडेलले आग्रह गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ