News Category 2075/05/30
कर्मचारीतन्त्रका कारण समयमा काम गर्न नसकेको आरोप
दैनिक समाचारदाता
राजविराज, २९ भदौं ।
निर्माण व्यवसायी संघका केन्द्रिय अध्यक्ष बिष्णुभाई श्रेष्ठले मुलुकमा कर्मचारीतन्त्रका कारण निर्माण व्यवसायीहरुले चाहेर पनि समयमा काम गर्न नसकेको आरोप लगाएका छन् ।
निर्माण व्यवसायी संघ सप्तरीको १२ औं साधारणसभालाई शुक्रबार सम्बोधन गर्दै उनले कर्मचारीहरुकै कारण निर्माण व्यवसायीहरुले चाहेर पनि समयमा ठेक्कापट्टा सम्पन्न गर्न नसकेको आरोप लगाएका हुन् ।
यस्तै सरकारले निर्माण व्यवसायीहरुलाई विभिन्न एन ल्याएर कानुनी दायरामा बाध्न खोजेको भन्दै त्यस्ता एनलाई संशोधन गरेर स्वतन्त्र रुपमा काम गर्न सक्ने बातारण बनाउन उनले सरकारलाई आग्रह समेत गरे ।
निर्माण व्यवयासी संघ सप्तरीका अध्यक्ष रामअशिष साहको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा पूर्व अध्यक्ष भिमराज यादव, जयप्रकाश ठाकुर, उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष अरुण प्रधान, जिल्ला समन्वय समिति सप्तरीका अध्यक्ष प्रभाकर यादव, राजविराज नगरपालिका प्रमुख शम्भु यादव, तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिश सिंह, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गा, नेपाली काँग्रेसका जिल्ला सभापति दिनेश यादव, नेकपाका प्रतापनारायण चौधरीलगायत निर्माण व्यवसायी, उद्योगिहरुले सभाको सफलताको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यसैबीच शुक्रबार साँझदेखी बन्दसत्रको कार्यक्रम सुरु भएको छ भने आइतबार नयाँ जिल्ला समितिको नेतृत्व चयनका लागि निर्वाचन कार्य तालिका रहेको निर्वाचन समितिका सतिश दत्तले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ