News Category 2075/06/03
असोज ३ गते शोक मनाउने दिन ः वरिष्ठ राजनीतिज्ञ मण्डल
दैनिक समाचारदाता
राजविराज, २ असोज ।
वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डलले असोज ३ गते मधेशी सपुतको साहदतको स्मरण गर्दै खुशी होइन् शोक मनाउने दिन हो भनेका छन् ।
वरिष्ठ राजनीतिज्ञ मण्डलले मंगलबार एक विज्ञप्ति जारि गर्दै २०७२ साल असोज ३ गतेका लागि स्मरण गर्दै लेखेका छन्, “शासक वर्ग बन्दुकको बलमा संविधान जारि गरी बिजयीत्सोव मनाउने तयारी गर्दै थिए भने शोसित मधेशी सडकमा प्रहरीको लाठी, गोलीको शिकार भई ज्यान गुमाइरहेका थिए ।”
सोही विज्ञप्तिमा भनिएको छ, “संविधान सभाको मर्म विपरीत जनताले निर्वाचित गरेको आफ्नो दलको सांसदलाई पार्टी ह्वीपको नाउँमा नागरिक हक अपहरण गरी केही नेताको निर्देशनमा मधेशी लगायत उपेक्षित समुदाय विरोधी जारि गरेको संविधानको दिन असोज ३ गते सम्पूर्ण मधेशी, आदिवासी, जनजाती, दलित लगायत उपेक्षित समुदायलाई शोक दिवसको रुपमा मनाउन आह्वान गर्दछु ।”
विज्ञप्तिमा असोज ३ गते जारि भएको संविधान नेपालको इतिहासमा छौंठो संविधान रहेको र यस अघिको संविधान मध्ये केही लागु नै हुननसकेको त केहीको अकालमै मृत्यु भइसकेको उल्लेख छ । वर्तमान संविधान बारे पछिल्लो समय सांसदमा भएको मत भिन्नतामा ६२ प्रतिशत मत संविधानको विपक्षमा परेको उल्लेख गर्दै वर्तमान संविधानको भविष्य के हुने हो, देश कुन बाटो जाने हो त्यसको निक्र्यौल भविष्यले नै गर्नेछ विज्ञप्तिमा जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ