News Category 2075/06/05
अनिश्चित्कालिन यातायात बन्दका कारण सर्वसाधारण मर्कामा
दैनिक समाचारदाता
राजविराज, ४ असोज ।
सवारी चालकहरुले सवारी ऐन सच्याउन माँग गर्दै तीन दिनदेखी गरेको अनिश्तिकालिन सार्वजनिक आवागमन ठप्प पारेका कारण यात्रु तथा सर्वसाधारणलाई सास्ती व्यहोर्नु परेको छ । लगातार तेश्रो दिन बिहीबार पनि यातायात ठप्प रहँदा जिल्लाको जनजिवन कष्ठकर बनेको छ । अनिश्चितकालिन बन्दका कारण यात्रुबाहक बस, माइक्रो, म्याजिक, मालवाहक ट्रकले सेवा दिन बन्द गरेपछि यात्रु आवागमनदेखी ढुवानी सेवा समेत ठप्प भई सर्वसाधारण मारमा परेका छन् ।
सरकारले जारि गरेको सवारी ऐन चालक मैत्री नभएको भन्दै नेपाल स्वतन्त्र यातायात मजदुर संगठन नगर कमिटि राजविराजको अगुवाईमा बिहीबार चालकहरुले बिरोध प्रदर्शन समेत गरेका छन् ।
सरकारले जारि गरेको ऐन त्रृटीपूर्ण भएको भन्दै सो नसच्याएसम्म सार्वजनिक आवागमन बन्द कार्य जारि रहने कमिटिका अध्यक्ष भोलाप्रसाद यादवले बताए ।
यता ढुवानी सेवा ठप्प भएपछि बजारमा उपभोग्य सामाग्रिको मुल्य आकाशिएको छ भने ग्रामिण क्षेत्रबाट उपचारका लागि सदरमुकाम आउने बिरामी र उनका आफन्त झनै समस्यामा परेका छन् ।
बन्दकर्ताले एम्बुलेन्सलाई बन्दबाट अलग राखेपनि चर्को भाडाका कारण विपन्न समुदायका बिरामीलाई समस्या परेको छ । फाँटफुट रुपमा चल्ने सिटी रिक्सा, ग्रामिण क्षेत्रको खराब बाटोमा पुग्न नसक्ने र पुगेपनि चर्को भाडा माग्ने गरेको बिहीबार रुपनी गाउँपालिका २ रायपुरबाट सिटी रिक्सा रिजर्भ गरि आमा सकुन्तलालाई उपचारका लागि स्थानिय गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल ल्याएका राजिव कुमार यादवले दुःखेसो पोखे ।
यसैबीच यातायात नचल्दाको मौका छोपी काठमाडौं–राजविराज रुटमा उडान भर्ने श्री एयरलायन्सले पनि भाडामा अत्याधिक बृद्धि गरि यात्रुलाई मारमा पारेको स्थानियको गुनासो छ । ३ हजार ७ सय न्यूनतम भाडा राखेको सो एयरलायन्सले अहिले ५ हजार १ सयदेखी ६ हजार २ सयसम्म भाडा कायम गरि यात्रुलाई आर्थिक भार थुपारेको स्थानिय मिथिलेश यादवले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ