News Category 2075/06/05
स्वास्थ्य उपचारका लागी वृद्घलाई रकम हस्तान्तरण
दैनिक समाचारदाता
राजविराज, ४ असोज ।
सनराइज वैंक शाखा राजविराजले ग्राहकका लागी ल्याएको स्वास्थ्य विमा सुविधा योजना अन्र्तगत हालसम्म तीन जना पीडित र उनका परिवारलाई राहत स्वरुप रकम भुक्तानी गरेको छ ।
शाखाका ग्राहक रहेका तिलाठी कोइलाडी गाउँपालिका ६ हाल राजविराज ७ मा वसोवास गर्दै आएका ७५ वर्षिय गोविन्द प्रसाद साहलाई विहीवार ३४ हजार ७ सय १६ रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
साहको गत महिना धरान स्थित वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा व्रेन हेम्ररेज सम्वन्धि जटिल रोगको शल्यक्रिया गरिएको थियो ।
शाखा प्रबन्धक रोहित महासेठले हरेक वचतकर्तालाई डवल सुरक्षा प्रदान गर्ने उद्देश्यले वैंकले स्वास्थ्य र दुर्घटना विमाको योजना ल्याएको जनाकारी दिएका छन् ।
वैंकले स्वास्थ्य विमा अन्र्तगत ग्राहकलाई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्चमा १ लाख नबढने गरी वचत खातामा रहने वार्षिक औसत मौज्दातको २५ प्रतिशत वा बिल रकम मध्ये जुन न्युन हुन्छ सो रकम दाबी गर्न पाइने व्यवस्था गरेको छ ।
यस अघि गत भदौं २५ गते सो बैकले दुर्घटनामा परेर मृत्यु भएका राजविराज ८ निवासी फुलेश्वर मिश्रका परिवारलाई दुर्घटना विमा वापत १ लाख ६९ हजार ३ सय ९५ तथा जेठ १८ गते स्वास्थ्य विमा सुविधा अन्र्तगत राजविराज १ का राम अवतार यादवलाई उपचार खर्च वापत ४४ हजार रुपैयाँ उपलव्ध गराएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ