News Category 2075/06/06
तार जाली लगाउने र परिचय पत्र लागु गरेमा नेपाल– भारतको सुमधुर सम्बन्धमा चिसोपना आउन सक्छ ः वक्ताहरु
दैनिक समाचारदाता
राजविराज, ५ असोज ।
नेपाल–भारतबीच खुला सिमा क्षेत्रमा तार जाली लगाउने र परिचय पत्र लागु गर्ने विषयमा स्थानीय स्तरमा दुबै देशका नागरिक अगुवा विच वहस चलाईएको छ ।
नेपाल–भारत खुला सिमा सम्वाद समुहले शुक्रवार राजविराजमा दुवै देशका नागरिक अगुवाको भेला गरी परिचय पत्र लागु गर्ने र सिमा क्षेत्रमा तार जाली लगाउदा पर्ने असर वारे वहस चलाइएको हो । यसअघि दुवै देशका उच्च अधिकारीबीच समेत यस विषयमा छलफल चलिरहेको छ ।
भेलामा सहभागि वक्ताहरुले सीमा क्षेत्रमा तार जाली लगाउने र परिचय पत्र लागु गर्ने विषय सदियौंदेखि कायम रहेको नेपाल–भारतको सुमधुर सम्वन्धमा चिसोपना आउन सक्ने दाबी गरे ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले नेपाल–भारत सम्वन्ध वहुआयामिक रहेको चर्चा गर्दै सिमा क्षेत्रमा तार जाली वा परिचय पत्र लागु गरेर समस्या झन वल्झिने जिकिर गरे । उनले ब्यवहारिक धरातल र रियालीटि–वेमा नेपाल भारत सम्वन्ध अगाडि वढ्नु पर्नेमा जोड दिए ।
राजनीतिक विश्लेषक प्रा. अमरकान्त झाले नेपाल र भारतका ४÷५ जना केहि प्रवुद्ध भनाउँदाहरुले काठमाण्डौमा वसेर सीमा क्षेत्रमा तार जाली लगाउने र परिचय पत्र लागु गर्ने षडयन्त्रमा लागेको चर्चा गर्दै यस विरुद्ध मधेशका मात्र होईन भारतका जनता समेत मिलेर आवाज उठाउनु पर्नेमा जोड दिए ।
इतिहास विद डा. पिताम्वरलाल यादवले वर्तमान परिवेशमा सिमा क्षेत्रमा तार जाली लगाउने वा परिचय पत्र लागु गर्ने दुवै कुरा दुवै देशका नागरीकको हितमा नरहेको जिकिर गर्दै अपराध नियन्त्रण र सुरक्षाका लागि सिमा क्षेत्रमा सुरक्षा मजवुत र निगरानी वढाए सवै समस्याको समाधान हुने वताए ।
भारतको निर्मली प्रखण्डका प्रमुख अरविन्द गुप्ताले सिमा क्षेत्रमा मानव तस्करी, हातहतियार कारोवार, लागु औषध मदिराको ओसार पसार, चोरी तस्करी र अपहरण जस्ता घट्ना रोक्न तारजाली वा परिचय पत्रको सट्टा दुवै देशका सुरक्षा निकाय मिलेर संयुक्त गस्ति र निगरानी गर्दा उपयुक्त हुने सुझाव दिए ।
नेपाल–भारत खुला सिमा सम्वाद समुहका संयोजक राजिव झाकाको अध्यक्षतामा आयोजित कार्यक्रममा राजपाका केन्द्रिय सहमहासचिव गजेन्द्र मण्डल, सम्वाद समुहका सदस्य द्वय अनिल महासेठ, डा. अमरेन्द्र यादव, प्रदेश सभा सदस्यद्वय विकेश्वर यादव, नेत्रविक्रम साह, वरिष्ठ पत्रकार शिवहरीप्रसाद भट्टराई, पत्रकार दिनानाथ यादव, राजपाका केन्द्रिय सदस्य द्वय दिनेश यादव, अमरनाथ मण्डल, नेपाली कांग्रेसका मो. ईर्साद अन्सारी, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, राजविराज नगरपालिकाका मेयर शम्भु यादव, भारतको कुनौली ग्रामपञ्चायतका प्रमुख सत्यनारायण रजक, लगायतले पनि वोल्दै वर्तमान परिवेशमा सिमाक्षेत्रमा तारजाली र परिचय पत्र लागु गर्नुको सट्टा दुवै मुलुकको विकास, समृद्धि र सुरक्षाका लागि सिमा क्षेत्रमा संयुक्त गस्ति र उच्च सतर्कता अपनाउनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रम सञ्चालन नेपाल भारत युवा मैत्रि संघका जिल्ला अध्यक्ष किशोर कुमार यादव केसीले गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/06 नगरपालिका र संर्घष समितीबीच दुई बुंदे सहमति पश्चात् आन्दोलन स्थगित
- 2082/05/06 वर्तमान राजनीतिक अवस्था आर्थिक दिवालियापनको स्थितिमा पुगेको राष्ट्रिय मुक्ति पार्टीको ठहर
- 2082/05/06 गलत सूचना प्रकाशन, झुठा समाचार र ब्ल्याकमेल गर्ने जस्ता प्रवृत्तिलाई नियन्त्रण गर्न कानुनी प्रावधान आवश्यक छ ः मन्त्री लेखी
- 2082/05/05 लालपुर्जाका लागि संर्घषरत नगरवासी पीडित समितीद्वारा आन्दोलन सुरु
- 2082/05/04 वडाअध्यक्ष साहको निधन
- 2082/05/04 राजनीतिक प्रतिशोधको मानसिकता स्पष्ट भएको संघीय लोकतान्त्रिक मोर्चाको ठहर
- 2082/05/03 पाँच हप्तादेखी वेपत्ता सप्तरीका भगत गौरस्थित लजमा मृत फेला
- 2082/05/03 प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी
- 2082/05/02 “गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन
- 2082/05/02 राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ