News Category 2075/06/11
मोटरसाइकल चोरी गरि नम्बर परिवर्तन गर्ने गिरोह पक्राउ
दैनिक समाचारदाता
राजविराज, १० असोज ।
मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले मोटरसाइकलसहित चार जना चोरहरुलाई पक्राउ गरेको छ । पक्राउ परेका चारैजनालाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ ।
राजविराज नगरपालिका ५ का वडाध्यक्ष समीर झा चढ्ने गरेको मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले मोटरसाइकल ग्यारेज संचालक खडक नगरपालिका ९ का कृष्णदेव चौधरीसहित सप्तरीको छिन्नमस्ता गाउँपालिका ६ का सनत मण्डल, अग्निसाइर कृष्णसवरण गाउँपालिका ३ का भुवन चौधरी र सुनसरीको इनरुवा नगरपालिका ६ का हिमानसुलाल कर्णलाई पक्राउ गरेको हो । पक्राउ परेका चौधरी महुलीस्थित फोर्ड ग्यारेजका सञ्चालक समेत हुन् ।
जिल्लाको अग्नीसाईर कृष्णसवरण गाउँपालिका १ स्थित महुली खोलाको पुल नजिकैबाट मोटरसाइकलसहित उनीहरुलाई फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
गत असोज ७ गते राजविराज नगरपालिका ५ स्थित झाको घर अगाडि राखेको स १ ब १०२४ नम्बरको मोटरसाइकल चोरी गरेको प्रहरीले जनाएको छ । चोरी भएको सेतो नम्बर प्लेट चोरी गर्नेहरुले परिवर्तन गरी स. ५ प ६३८८ नम्बरको प्लेट प्रयोग गरी चलाई रहेको अवस्थामा पक्राउ गरिएको डिएसपी भावेष रिमालले बताए ।
जिल्लामा यसअघि पनि भएका मोटरसाइकल चोरीका घटनामा उनिहरुको संलग्नता रहेको हुन सक्ने आशंकासहित थप अनुसन्धान थालिएको डिएसपी रिमालले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ