News Category 2075/06/16
भैसिले दुध नदिएको भन्दै टुना मुना गरेको आरोपमा महिला कुटिइन्
दैनिक समाचारदाता
राजविराज, १५ असोज ।
विगत तिन दिनमा सप्तरीमा दुई महिला घरेलु हिंसाका शिकार भएकी छिन् । एक महिला भैसिले दुध नदिएको भन्दै टुना मुना गरेको आरोपमा तथा अर्की महिला विवाह दर्ता र नागरिकता बनाउने विषयमा कुटिएकी हुन् ।
सप्तरीको बोदे वरसाईन नगरपालिका ८ काचनकी एक महिलालाई छिमेकीले भैसीलाई टुना मुना गरेको भन्दै निर्घात कुटपिट गरेका छन् । २५ वर्षिया रन्जुदेवी साहलाई छिमेकी दाजुभाई जामुन र गोकुल यादवले कुटपिट गरेका हुन् ।
कुटपिटबाट गम्भिर घाइते भएकी साहको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार भइरहेको छ । अस्पतालमा बेडको अभावका कारण उनको भईमै राखेर उपचार भइरहेको छ ।
शरीरको विभिन्न भागमा उनलाई चोट लागेको छ । यादव दाजुभाईले पालेको भैसीले केहि दिन यता दुध कम दिन थालेपछि टुनामुना गरेको भन्दै टर्च र लाठिले निर्घात कुटपिट गरेको साहले बताइन् ।
यता घटना वारे प्रहरीमा उजुरी दिई सकेको उनको भनाई छ । ईलाका प्रहरी कार्यालय वोदे वरसाईनका सई विनोद चौधरीले वोक्सीको आरोपमा कुटिएको हो की वा कुनै पुरानो रिसईवीका कारण त्यस्तो आरोप लगाईएको हो ? दुवै कोणवाट सुक्ष्म अनुसन्धान भईरहेको जानकारी दिदै दोषि पाईएकालाई कानुन वमोजिम कारवाही गर्ने वताए ।
यसअघि शनिबार राती राजविराज नगरपालिका १५ मुसहर्नीयाकी १९ वर्षिया प्रेमकला ठाकुरले नागरिकता र विवाह दर्ता बनाइदिन भनेपछि आफ्नै पति, सासु र ससुराबाट कुटिएकी छिन् । उनको पनि तीन दिनदेखी सोही अस्पतालमा उपचार भइरहेको छ ।
शनिवार राती ससुरा भुनेश्वर, सासु रधियादेबी र पति मनोजको कुटाईबाट प्रेमकलाको छाती, ढाड, खुटा, कम्मर, पेटलगायतका शरीरका विभिन्न स्थानमा चोट लागेको छ ।
सप्तरीको रुपनी गाउपालिका १ रायपुर माईती भएकी प्रेमकलाको २०७४ साल बैशाखमा मनोजसित बिबाह भएको थियो । बिहेपछि घर गएकी छोरी प्रेमकलाले केही दिनपछि देखि नै यातना सहनु परेको र बिबहा दर्ता र नेपाली नागरिकताको प्रमाणपत्र बनाईदिन आग्रह गर्दा समेत प्रेमकलाका सासु, ससुरा र पतिले नमानेको उनको आरोप छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक मिनबहादुर क्षेत्रीले नागरिकता बनाईदिन र बिबाह दर्ता गरिदिन आग्रह गर्दा आफनै पति, सासु र ससुराबाट प्रेमकला ठाकुर कुटिएको उजुरी आएपछि संलग्नको खोजीका लागि प्रहरी परिचालित भएको बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ