News Category 2075/06/16
सरकारी छाप किर्ते गर्ने फरार शेख पक्राउ
दैनिक समाचारदाता
राजविराज, १५ असोज ।
विभिन्न सरकारी कार्यालयको किर्ते छाप लगाई कागजपत्र बनाउने काममा २०७४ फागुन २५ गतेदेखी सक्रिय रहेका एक फरार व्यक्तिलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
सप्तरीको कंचनरुप नगरपालिका वडा नं. ११ गोरपार कुजराहीका ३१ वर्षिय मो. सल्लम शेखलाई सरकारी छाप र कागजपत्र किर्ते गरेको आरोपमा प्रहरीले शुक्रबार राजविराजबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता भावेश रिमालले गोप्य सुचनाको आधारमा शेखले मालपोत कार्यालयको स्टाम्प समेत घर कोठामै राखि विभिन्न किसीमको सरकारी कागजपत्रहरु किर्ते गर्ने गरेको जानकारी प्राप्त भएपछि उनलाई पक्राउ गरिएको बताए ।
प्रहरीले शेखको घर खानतलासी गर्दा विभिन्न व्यक्तिहरुको नेपाली नागरिकताको प्रमाण पत्र, सक्कल जन्मदर्ता प्रमाणपत्रहरु, विभिन्न व्यक्तिहरुको जग्गाधनी दर्ता प्रमाण पत्र, विभिन्न व्यक्तिहरुको जग्गा रजिष्ट्रेशन लिखत कागज, विभिन्न व्यक्तिहरुको नागरीकताको फोटोकपी, निर्वाचन आयोग फोटोसहितको मतदाता नामावली, नागरीकताको अनुसुची फारम, जन्मदर्ता प्रमाण पत्र, विवाह दर्ताको प्रमाण पत्र, मृत्यु दर्ताको प्रमाण पत्र, बसाईसराई दर्ताको प्रमाण पत्र लगायतका खाली प्याडहरु समेत बरामद गरेको जनाएको छ ।
यता पक्राउ परेका शेख फरार अभियुक्त समेत रहेको र उनलाई सरकारी छाप दस्तखत किर्ते मुद्दा दर्ता अन्तरगत सप्तरी जिल्ला अदालत राजबिराजबाट म्याद थप गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ