News Category 2075/06/18

सप्तरीमा पाँच दिनमा चार महिला हिंसाको शिकार, ७० वर्षिया बृद्धादेखी १४ वर्षिया बालिका बलात्कृत

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १७ असोज ।
सप्तरीमा विगत पाँच दिनमा चार महिला विभिन्न हिंसाकी शिकारमा परेकी छिन् । ७१ वर्षिया बृद्धादेखी १४ वर्षिया बालिका बलात्कृत भएको घटना बुधबार सार्वजनिक भएको छ । 
यस्तै एक महिला नागरिकता तथा विवाह दर्ता बनाउने नाममा आफ्नै श्रीमान, सासु र ससुराबाट कटिएकी छिन् भने अर्की महिला भैसिले कम दुध दिएको भन्दै टुनामुना गरेको आरोपमा छिमेकीबाट कुटिएकी छिन् । 
यसैबीच सप्तरीको खडक नगरपालिका ८ मा मंगलबार राती एक ७० वर्षिया बृद्धा बलात्कृत भएकी छिन् । ती वृद्धासँग ४० वर्षिय एक ब्यक्तिले वलात्कार गरेको प्रहरीले जनाएको छ । यद्दपी ती बृद्धालाई गराइएको मेडिकल जाँच परिक्षणको रिपोर्टबाट सबै कुरा सार्वजनिक हुने सप्तरी प्रहरीका प्रहरी उपरिक्षक भावेश रिमालले जानकारी दिएका छन् । 
जितिया पर्वका कारण घरका सवै सदस्य नजिकैको मन्दिरतर्फ पुजाआजाका लागि गएका वेला वेलुकै ८ वजेतिर स्थानीय ४० वर्षिय ती ब्यक्तिले डर धम्कि देखाउँदै मुख थुनी वलात्कार गरेको पीडितलाई उदृत गर्दै डिएसपी भावेस रिमालले वताए ।
घटनापछि फरार भएका आरोपित ब्यक्तिलाई ब्यापक रुपमा प्रहरी परिचालन गरी खोजी कार्य थालिएको उनले वताए ।
१४ वर्षिया बालिका बलात्कृत
यस्तै मंगलवारै राती सप्तरीको डाक्नेश्वरी नगरपालिका ५ पातोमा पनि एक १४ वर्षिया वालिका वलात्कृत भएकी छिन् । पीडित वालिकाको वुधवार स्थानीय गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा आवश्यक जाँच गराईएको र वलात्कारको पुष्टि भएको डिएसपी रिमालले वताए ।
पीडित वालिकाको घरका सदस्य पनि जितिया पर्व मनाउनकै लागि घर वाहिर निस्किएका वेला राती ८ः३० वजेतिर एक्लै देखेपछि १८ वर्षिय एक युवाले मुख थुनी जवरजस्ति करणी गरेका अनुसन्धानका क्रममा खुलेको डिएसपी रिमालले वताए ।
घट्नापछि युवा पनि फरार भएकाले पक्राउपछि मात्र नाम र ठेगाना खुलाउने डिएसपी रिमाल वताए । 
दुवै घट्नाका आरोपी पहिचान भईसकेकोले नियन्त्रणको प्रयास भईरहेको उनको भनाई छ । दुवै घटनामा दुई घण्टा ढिलो गरी जानकारी आएकाले अपराधी फरार हुन सफल भएको वताएका उनले अपराधीलाई कारवाहीको दायरामा ल्याएर छोडने प्रतिवद्धता जनाए ।
भैसीले कम दुध दिएको भन्दै टुनामुना गरेको आरोपमा कुटपिट
सप्तरीको बोदे वरसाईन नगरपालिका ८ काचनकी एक महिलालाई छिमेकीले भैसीलाई टुना मुना गरेको भन्दै निर्घात कुटपिट गरेका छन् । २५ वर्षिया रन्जुदेवी साहलाई छिमेकी दाजुभाई जामुन र गोकुल यादवले कुटपिट गरेका हुन् ।
कुटपिटबाट गम्भिर घाइते भएकी साहको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार भइरहेको छ । अस्पतालमा बेडको अभावका कारण उनको भईमै राखेर उपचार भइरहेको छ । 
शरीरको विभिन्न भागमा उनलाई चोट लागेको छ । यादव दाजुभाईले पालेको भैसीले केहि दिन यता दुध कम दिन थालेपछि टुनामुना गरेको भन्दै टर्च र लाठिले निर्घात कुटपिट गरेको साहले बताइन् ।
पति, सासु र ससुराबाट महिला कुटिइन्
यसअघि शनिबार राती राजविराज नगरपालिका १५ मुसहर्नीयाकी १९ वर्षिया प्रेमकला ठाकुरले नागरिकता र विवाह दर्ता बनाइदिन भनेपछि आफ्नै पति, सासु र ससुराबाट कुटिएकी छिन् । उनको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार भइरहेको छ ।
शनिवार राती ससुरा भुनेश्वर, सासु रधियादेबी र पति मनोजको कुटाईबाट प्रेमकलाको छाती, ढाड, खुटा, कम्मर, पेटलगायतका शरीरका विभिन्न स्थानमा चोट लागेको छ ।
सप्तरीको रुपनी गाउपालिका १ रायपुर माईती भएकी प्रेमकलाको २०७४ साल बैशाखमा मनोजसँग बिबाह भएपछि घर गएकी छोरी प्रेमकलाले केही दिनपछि देखि नै यातना सहनु परेको र बिबहा दर्ता र नेपाली नागरिकताको प्रमाणपत्र बनाईदिन आग्रह गर्दा समेत प्रेमकलाका सासु, ससुरा र पतिले नमानेको उनको आरोप छ । 

प्रतिकृया दिनुहोस