News Category 2075/06/18
चाडपर्वको बेला प्रहरीको ११ बुँदे विशेष सुरक्षा योजना
दैनिक समाचारदाता
राजविराज, १७ असोज ।
सप्तरी प्रहरीले चाडपर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना ल्याएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले बुधबार पत्रकार सम्मेलन मार्फत जनताको सुरक्षालाई ध्यानमा राख्दै पैदल, साईकल, मोटरसाईकल र भ्यानवाट गस्तिदेखि चेक जाँच, सिमा क्षेत्रमा गस्ति र जिल्लाका सवै ईलाका प्रहरी कार्यालयमा नागरिक तथा यात्रु सहयता कक्षको स्थापना लगायतका ११ वुँदे विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ ।
प्रहरीले दशैं, तिहार र छठ पर्वको बेला बैकिङ्ग करोबार गर्ने स्थानहरुमा विशेष निगरानीको व्यवस्था गर्दै साइकल टोली, मोटरसाइकल टोली तथा सादा पोशाकका प्रहरी तैनाथ गरेको प्रहरी नायब उपरिक्षक भावेश रिमालले जानकारी दिएका छन् ।
त्यस्तै उनले प्रहरीले ग्रामिण गस्तिको प्रभावकारी परिचालन तथा शक्तिपीठहरुमा बिशेष सुरक्षा परिचालन र अनुगमन गर्ने जानकारी दिए ।
राजमार्गलाई बिना अवरोध संचालन, यात्रुको गुनासो व्यवस्थापन, ट्राफिक प्रहरी परिचालनलाई प्रभावकारी बनाउने जनाएको छ । प्रत्येक इलाका प्रहरी कार्यालयहरुमा नागरिक यात्रु सहायता कक्षको स्थापना समेत गरिएको प्रहरी प्रवक्त समेत रहेका नायब उपरिक्षक रिमालले जनाए ।
त्यस्तै जुवा, तास, मादक पदार्थ सेवन एवं जथाभावी बिक्रि बितरणमा कडाई गर्दै राती ९ बजेपछि मदिरा बिक्रिमा रोक लगाउने उनले बताए । पटकाजन्य पदार्थको प्रयोग एवं बिक्रि बितरणलाई कडाईका साथ रोकथाम गरिने उनले बताए ।
त्यस्तै छठ पर्वको अवस्थामा नदी, तालको सरसफाई एवं सुरक्षा व्यवस्थापनमा कडाई गर्ने जनाउँदै विगतका अभिलेख हेरी अपराधा संलग्न व्यक्तिहरुमाथी विशेष निगरानी राख्ने जनाइएको छ ।
प्रहरीले चाडपर्वको समयमा सवारी साधनको बढ्दो मागका कारण सवारी चालकहरु धेरै समय खटिनु पर्ने भएकाले सम्भावित दुर्घटना न्यूनिकरणका लागि जिल्ला ट्राफिक कार्यालय शम्भुनाथमा रातको समयमा पश्चिमबाट पूर्व जाने आउने सवारी चालकहरुलाई चिया कफीसहित रिफ्रेस हुने व्यवस्था मिलाएको जनाएको छ ।
यस्तै जिल्लाको कुनै पनि ठाउँमा जुन सुकै घट्ना, दुर्घटना भए वा सुुरक्षा आवश्यक भए ५ मिनेट भित्रै पुग्ने गरी प्रहरीले आवश्य ब्यवस्था मिलाएको उनले वताए ।
विशेष सुरक्षा योजना अन्तर्गत विभिन्न तहका गरी ८ सय सुरक्षाकर्मी परिचालन हुने प्रहरी उपरिक्षक राजेन्द्र विष्टले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ