News Category 2075/06/19
जनताको सुरक्षा दिन नसकेको सरकार पूर्णरुपले असफल ः राजपा नेता यादव
दैनिक समाचारदाता
राजविराज, १८ असोज ।
राष्ट्रिय जनता पार्टीका नेता राजकिशोर यादवले जनताको सुरक्षा दिन नसकेको वर्तमान सरकार पूर्णरुपले असफल भएको बताएका छन ।
राजपा सप्तरीद्वारा विहिवार विहान राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता यादवले संविधान संशोधन, महंगी नियन्त्रण तथा जनताको सुरक्षा समेत दिन नसक्ने सरकार पूर्णरुपले असफल भएको बताए ।
आफूहरुले देश र जनताको हितका लागि सरकारलाई समर्थन दिए पनि सरकार अहिले सबै क्षेत्रमा असफल भईसकेकोले विभिन्न समस्या समाधानका लागि सरकारलाई अन्तिम पटक सुध्रिने मौकाका साथ असोज २२ गते जिल्लास्थित प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिने तयारीमा पार्टी लागेको जानकारी दिए ।
संविधान संशोधनको कुरालाई थाँती राख्दै रेशम चौधरीलाई सांसदको सपथ ग्रहण समेत गर्न नदिनु जनमत प्रतिकै अपमान रहेको भन्दै उनले यसले राज्यको पुर्वाग्राही चरित्र उदाङ्गो भएको आरोप लगाए ।
कैलालीको टिकापुर घटना छानविनका लागि सर्वोच्चका पुर्व न्यायाधीश गिरिष चन्द्रलालको अध्यक्षमा गठित तराई मधेश थरुहट जाँचवुझ आयोगको प्रतिवेदन समेत अहिलेसम्म सार्वजनिक नगरिएको प्रति आपत्ति जनाए ।
उनले संघियताप्रति वितृष्णा फैलाउने, ३३ किलो सुन तस्करीका आरोपीलाई जोगाउने, निर्मला हत्या काण्डका अपराधीलाई संरक्षण दिने काममा लागेको सरकारलाई कसरी समर्थन दिईरहने भन्दै सुन तस्करीमा पार्टीकै प्रभावशाली नेता फस्ने अवस्था आएपछि त्यसको छानविनै रोकिएको उनको दाबी छ ।
नेता यादवले निजगढ विमानस्थल आवश्यक भएपनि विना तयारी त्यहाको वन फँडानी गर्नु तराई मधेशलाई मरुभुमिकरणको षडयन्त्र रहेको संज्ञा दिए । उनले विमानस्थल निर्माणका नाममा आठ हजार हेक्टर वन विनाश गर्न लागिएको भन्दै वन विनाश भएपछि प्रदेश नं २ को अर्थतन्त्र कमजोर हुने धारणा दाबी समेत गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ