News Category 2075/06/19
विभिन्न पार्टी परित्याग गरि सयांै नेता तथा कार्यकर्ता राजपामा प्रवेश
दैनिक समाचारदाता
राजविराज, १८ असोज ।
सप्तरीको राजगढ गाँउपालिका वडा नम्वर ६ फकिरामा बिहिवार आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि सयौं नेता कार्यकर्ता राजपामा प्रवेश गरेको छ ।
तत्कालिन फकिरा गाबिसका भुपु अध्यक्ष तथा नेकपाका नेता बिशेश्वर यादबसहित सयौं नेता तथा कार्यकर्ता अन्य पार्टी परित्याग गरी राजपामा प्रवेश गरेको हो ।
आयोजित कार्यक्रममा राजपाका नेता राजकिशोर यादवले पार्टी परित्याग गरि राजपा प्रवेश गरेकाहरु लागि फुलमाला लगाई स्वागत गरेका छन् ।
राजपा प्रवेश गर्नेहरूमा गाबिस फकिरा वडा नम्वर ६ का भुपु वडा अध्यक्ष कमरूदिन शेख, बिहारी खाँ, टेकलाल साह, समसाद खाँ, बासुदेब यादब, सुकदेब यादब, श्याम यादब, सहित सयौं नेता तथा कार्यकर्ता रहेको राजपाका सहमहासचिव गजेन्द्र कुमार मण्डलले जानकारी दिए ।
राजगढ गाउँपालिका वडा नम्वर ६ का वडा अध्यक्ष तथा राजपा नेता कमलदेब यादबको अध्यक्षतामा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रतिनिधिसभा सदस्य चन्द्रकान्त चौधरी, सासंद रानी मण्डल, प्रदेश २ का राज्य मंत्री सुरेश मण्डल, प्रदेश सासंदद्वय नेत्रबिक्रम साह, बिदेश्वर प्रसाद यादब, राजपा महामंत्री बिनोद सिंह, नेता किशोर कुमार यादब, सुनिल झा, युवा नेता शंभु यादब लगायतको उपस्थिति रहेको थियो ।
यसैगरी बिहिवारै राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादब, प्रदेश राज्य मंत्री सुरेश मण्डल लगायतका पार्टीका नेताहरू उपस्थितिमा डाक्नेश्वरी नगरपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा, नेपाली काँग्रेस, संघिय समाजवादी फोरम नेपालका सयौ नेता तथा कार्यकर्ता राजपामा प्रवेश गरेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ