News Category 2075/06/22
प्रान्तिय व्यवस्थालाई तत्काल फिर्ता गरी केन्द्र र स्थानिय सरकारको मात्र व्यवस्था गर्न माँग
दैनिक समाचारदाता
राजविराज, २१ असोज ।
स्वतन्त्र राष्ट्रिय अभियान नेपाल न्यायाधिश, प्रशासक, ठूला व्यापरी, ठूला पत्रकार सबैको श्रोत नखुलेको सम्पत्ति तत्काल राष्ट्रियकरण गर्नु पर्ने र सो रकमबाट जलबिद्युत, रोजगारी सृजनाका उत्पादनशिल कार्य तत्काल सुरु गर्न पर्ने लगायत १२ बुँदे मागहरु राख्दै आइतबार सबै जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ ।
अभियानका संयोजक स्वागत नेपालद्वारा हस्ताक्षरित ज्ञापनमा संघीयताको स्वरुपमा रहेको बीचको तह प्रान्तिय व्यवस्थालाई तत्काल फिर्ता गरी केन्द्र र स्थानिय सरकारको मात्र व्यवस्था गर्न माँग गरिएको छ ।
त्यस्तै सांसदहरु मन्त्री तथा प्रधानमन्त्री बन्न नपाउने व्यवस्था तत्काल संविधान संशोधन गरेर थप्नु पर्ने, सांसदको बहुमत होईन मतदाता जनताको ५१ प्रतिशत भोट पाउनेले मात्र सरकार बनाउन पाउने व्यवस्था, पार्टीले अयोग्य व्यक्तिलाई चुनावमा उम्मेदवारको टिकट दिँदा जनताले उम्मेदवार बहिष्कार गर्न पाउने राइट टु रिजेक्टको अधिकारको कानुन बनाउनु पर्ने लगायतको माँग उल्लेख छ ।
त्यस्तै संघीयताको नाममा जनताको ढाड सेक्ने कर प्रणाली तुरुन्त अन्त्य गर्नु पर्ने, समावेशीको नाममा पहुँचवालाहरु मात्र पदमा पुग्ने, सांसद, मन्त्री हुने बेथितिको अन्त्य हुनुपर्ने लगायतको माँग ज्ञापनमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ