News Category 2075/06/22
राजपाले सदस्यता बितरणका लागि सबै क्षेत्रको प्रभारी तोक्यो
दैनिक समाचारदाता
राजविराज, २१ असोज ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल सप्तरीले केन्द्रिय सर्कुलर अनुसार प्रथम जिल्ला अधिवेशनका प्रयोजनका लागि सदस्यता बितरण अभियान संचालन गर्ने भएको छ ।
सो पार्टीका जिल्ला संयोजक रामपृत यादवको अध्यक्षतामा आइतबार सम्पन्न बैठकले असोज २७ गते अध्यक्ष मण्डल केन्द्रिय पदाधिकारीहरुको बैठक बस्ने निर्णय गर्दै जिल्लाको चार वटै प्रतिनिधि सभा क्षेत्र र ८ वटै प्रदेश सभा क्षेत्रका लागि प्रभारी समेत तोकेको छ ।
सो बैठकले प्रतिनिधिसभा क्षेत्र नं. १ मा राजकुमार लेखी तथा १ को प्रदेशसभा क मा डा. रमेश प्रसाद सिंह र ख मा शैलेश कुमार साहलाई प्रभारी तोकेको छ ।
त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं. २ मा बिनोद कुमार सिंह तथा २ को प्रदेशसभा क मा मनोज कुमार झा र ख मा दिपेन्द्र चौधरीलाई प्रभारी तोकिएको बैठक पश्चात् जारि विज्ञप्तिमा उल्लेख छ ।
यसैगरि क्षेत्र नं. ३ मा सुरेन्द्र प्रसाद यादव तथा ३ को प्रदेशसभा क मा दिनेश कुमार यादव र ख मा बिदेश्वर यादवलाई प्रभारी बनाएको छ ।
क्षेत्र नं. ४ मा मृगेन्द्र कुमार सिंह यादवलाई प्रभारी बनाइएको छ भने सोही क्षेत्र को प्रदेशसभा क मा ननुलाल चौधरी ख मा अमरेन्द्र गोइत यादवलाई प्रभारी तोकिएको संयोजक यादवद्वारा जारि विज्ञप्तिमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ