News Category 2075/06/24
बालक मृत्यु सम्बन्धमा समितिले सुझावसहितको प्रतिवेदन बुझायो
दैनिक समाचारदाता
राजविराज, २३ असोज ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा एक बालकको मृत्यु भएको विषयलाई लिएर अस्पतालमा भएको तोडफोड र घटना बारे बनेको छानबिन समितिले मंगलबार प्रतिवेदन बुझाएको छ ।
राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवको संयोजकत्वमा बनेको समितिले मंगलबार प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई सुझावसहित प्रतिवेदन बुझाएको हो ।
बुझाइएको प्रतिवेदनमा सप्तरीको रुपनी गाउँपालिका वडा नं. ६ विरेन्द्र वजारका अशोक साहको डेढ वर्षिय छोरा सिद्धार्थ साहलाई बिषधर सर्पको टोकाइबाट २०७५ असोज ५ गते समय अन्दाजी ७ः३० बजे उपचार गर्न ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको ठहर गरिएको छ ।
त्यस्तै चिकित्सकबाट बच्चा सिद्धार्थको मृत्यु भईसकेको जानकारी आफन्तलाई गराउदा पनि आफन्त र गाउँले तथा स्थानीय लगायतका ब्यक्तिहरुले अस्पतालको आकस्मिक कक्षमा गरेको तोडफोड र चिकित्सलाई गरेको दुरव्र्यवहार गाली गलोज प्रति समिति गम्भीर भएको उल्लेख छ ।
जुन सुकै बहानामा अस्पतालमा भएको तोडफोड तथा चिकित्सक माथि भएको भोैतक आक्रमणलाई जायज मान्न नसकिने निष्कर्ष निकाल्दै तोडफोडमा सोझै संलग्न तथा आक्रोशित भिडलाइ तोडफोड गर्न उक्साउने ब्यक्ति राजबिराज वाड न ४ का ओम प्रकाश सेठ लगायत अन्यलाई पहिचान गरि कानुनी कारवाही गर्न समितिले सिफारिस समेत गरेको छ ।
यता समितिले सर्पले टोकेको घाइते तिन दिनसम्म बाचेकै हुन्छ भनि अफवाह तथा अन्धबिश्वासका कारण केहि अप्रिय घटना हुन गएको महसुस गर्दै महिला भिडलाई अगुवाई गर्ने महिलाहरुलाई जिल्ला प्रशासन कार्यालय राजबिराजमा झिकाई गल्ती गरेको महसुस गराउने नसिहत दिनुपर्ने सुझाव समेत समितीले दिएको छ ।
प्रतिवेदन बुझाउने क्रममा समितिका सदस्यहरु रुपनी गाउँपालिका अध्यक्ष हरेराम यादव, समाजसेवी सुर्यनाथ यादब, प्रहरी निरिक्षक हेमन्त भण्डारी, पत्रकार महासंघ सप्तरीका अध्यक्ष जतेन्द्र खडका, गैसस महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, अस्पतालका चिकित्सक डा राजेन्द्र प्रसाद दास तथा मृतकको तर्फबाट उपेन्द्र साह र कैलाश प्रसाद लोगीको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ