News Category 2075/06/24
बलात्कार र यौनजन्य अपराधविरुद्ध जवाफदेहिता अभियान आरम्भ
दैनिक समाचारदाता
राजविराज, २३ असोज ।
बलात्कार र यौनजन्य अपराधविरुद्ध जवाफदेहिता अभियान मंगलबारदेखी राजविराजमा सुरू भएको छ ।
अभियानको आरम्भ गर्दै राजनीतिक दल, नागरिक समाज, अधिकारकर्मी, सञ्चारकर्मी, कानुन व्यावसायी, प्रहरी, गैससकर्मी, तेस्रो लिङ्गी, बाल क्लब, किशोरीहरुले महिला हिंसा, दुव्र्यवहार, विभेदकारी कार्यविरुद्ध एक भएर लाग्ने बताएका छन् ।
पछिल्लो समय महिला हिंसा बढ्दै गइरहेको भन्दै लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जालको नेतृत्वमा स्थानीय महादेव मन्दिरबाट निकालिएको ¥यालीले नगर परिक्रमा पश्चात सहिद दशन चोकमा कोण सभाको आयोजना गरी अभियानको आरम्भ भएको घोषणा गरेको छ ।
सञ्जालका अध्यक्ष मनोहरकुमार पोखरेलले सप्तरी जिल्लामा नौ महिनाको अवधिमा दुई वर्षीया बालिकादेखि ७० वर्षीया बृद्धासमेत ४० जना बलात्कृत भएको तथ्यांक लज्जास्पद भएको भन्दै जिम्मेवारी पन्छाउने भन्दा पनि सबैले जवाफदेहिता लिनुपर्ने बताए ।
कार्यक्रममा नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, महिला मानवअधिकार रक्षक सञ्जालका अध्यक्ष अनीता देवकोटा, प्रहरी निरीक्षक सुजाता तुम्वाहाङ्गफे, अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष सुनीता साह, नेपाल पत्रकार महासंघकी प्रदेश समिति सदस्य ललीता साह, अधिवक्ता मनु खनाल, बाल क्लवकी रन्जना चौधरीलगायतले राजनीतिमा भइरहेको चरम अपराधीकरण र अपराधको राजनीतिकरण बन्द गरी दण्डहीनता अन्त्य गर्नुपर्ने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ