News Category 2075/06/24
स्थानियवासीको प्रतिकारपछि यूवकको अपहरण प्रयास विफल
दैनिक समाचारदाता
राजविराज, २३ असोज ।
एक युवकको अपहरणको प्रयास स्थानियले प्रतिकार गरी असफल पारेका छन् ।
राजविराज नगरपालिका ७ निवासी २२ वर्षिय जेनेन्द्र यादवको अपहरणको प्रयासलाई स्थानियवासिन्दाले प्रतिकार गरि असफल पारेका हुन् ।
यसैबीच घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भने ३ जना फरार भएका छन ।
पक्राउ परेका भारतीय नागरिक हाल राजविराज ५ मा वसोवास गर्दै आएका ४२ वर्षिय विनोद विहारी प्रतिकारको क्रममा स्थानियवासीको कुटाइवाट घाइते भएका छन् । उनको हाल प्रहरी निगरानीमा उपचार भइरहेको छ ।
यता अपहरणको प्रयास गर्ने समुहको कुटाइवाट घाइते भएका यादवको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सोमवार राती ९ वजे तिर हनुमाननगरवाट को. १ ज . ७५७३ नम्वरको गाडी चढेर घर तर्फ फर्किदै गरेका यादव चढेको गाडीलाई देउरी भरुवा चौक देखि भारतीय नम्वर वि आर–११ पिवि १९३३ नम्वरको स्र्कापियो गाडीले पच्छयाएको थियो ।
भारतीय स्र्कापियो गाडीमा सवार विनोद विहारी र चालक प्रकास कामैतले ओभरटेकको प्रयास गर्नुका साथै आफनो गाडीलाइ रोक्न भने पछि डराएर तिव्र गतीमा गाडी हाक्न लगाएको जेनेन्द्रको भनाइ छ । त्यस पछि पनि पिछा गर्दै आएको भारतीय गाडीले राजविराज ७ कचहरी रोडदेखि पश्चिम जिल्ला प्रशासन कार्यालयको उतर एकान्त स्थलमा गाडी रोक्न लगाई अचानक कुटपिट गर्दै अपहरणको प्रयास गरेको जेनेन्द्रले वताए ।
आफु चिच्याए पछि जम्मा भएको स्थानियवासीले प्रतिकार गर्दा चालक प्रकास कामैत फरार भएको र विनोद विहारीलाइ नियन्त्रणमा लिइ राम धुलाइ गर्दै प्रहरीलाई स्थानियले वुझाएको उनले वताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ