News Category 2075/06/24
सांसद रौनियार माथीको सम्पूर्ण कारवाही फुकुवा गर्न माँग
दैनिक समाचारदाता
राजविराज, २३ असोज ।
संघीय समाजवादी फोरम नेपाल मधेश प्रदेश समितिले पार्टीका तर्फबाट रहेका प्रतिनिधिसभा सदस्य हरिनारायण रौनियार बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको भ्रष्टाचार मुद्दाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
समितिका मुख्य सचिव शम्भु झाद्वारा मंगलबार जारि विज्ञप्तिमा पप्पु कन्स्ट्रक्सनका संचालक नहुँदा पनि पूर्वाग्रही भएर सांसद रौनियारबिरुद्ध भ्रष्टाचारको मुद्दा चलाएको भन्दै निलम्बन गरिएका संसद रौनियार माथीको सम्पूर्ण कारवाही फुकुवा गर्न जोडदार माँग गरिएको छ ।
सोही विज्ञप्तिमा अन्य ठेकेदार कम्पनीहरुले काम नगरेर रकम दुरुपयोग गरेको प्रमाणहरु हुँदाहुँदै पनि अख्तियारले उनीहरु बिरुद्ध कारवाही नगरेर मधेशका नेताहरुलाई लक्षित गरि चरित्र हत्या गर्ने काम गरेको ठहर गरेको जनाएको छ ।
२०६८ साल असारमा पप्पु कन्स्ट्रक्सनले सडक डिभिजन कार्यालय नेपालगंजसँग १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुँपैयामा ठेक्का स्विकारेको जनाउँदै विज्ञप्तिमा ठेक्का स्विकारेको रकम बराबरको बिगो दुई जनासँग माँगदाबी गरकोमा अख्तियारले मधेशका नेता बिरुद्ध पूर्वाग्रही भएर षडयन्त्रपूर्ण मुद्दा चलाएकोप्रति घोर आपत्ति समेत जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
- 2082/06/28 एक्वा पानी उद्योगलाई दुई लाख जरिवाना
- 2082/06/28 पत्रकार माझीमाथी हातपात र दुव्र्यबहार निन्दनीय, दोषीलाई कारवाहीको माग ः पत्रकार महासंघ
- 2082/06/27 पत्रकार माझीमाथी गरिएको अभद्र व्यवहार र हातपातप्रति तीन पत्रकार संघ संगठनद्वारा भत्र्सना
- 2082/06/27 चोरीका चार मोटरसाइकलसहित सात जना पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ