News Category 2075/06/24
सांसद रौनियार माथीको सम्पूर्ण कारवाही फुकुवा गर्न माँग
दैनिक समाचारदाता
राजविराज, २३ असोज ।
संघीय समाजवादी फोरम नेपाल मधेश प्रदेश समितिले पार्टीका तर्फबाट रहेका प्रतिनिधिसभा सदस्य हरिनारायण रौनियार बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको भ्रष्टाचार मुद्दाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
समितिका मुख्य सचिव शम्भु झाद्वारा मंगलबार जारि विज्ञप्तिमा पप्पु कन्स्ट्रक्सनका संचालक नहुँदा पनि पूर्वाग्रही भएर सांसद रौनियारबिरुद्ध भ्रष्टाचारको मुद्दा चलाएको भन्दै निलम्बन गरिएका संसद रौनियार माथीको सम्पूर्ण कारवाही फुकुवा गर्न जोडदार माँग गरिएको छ ।
सोही विज्ञप्तिमा अन्य ठेकेदार कम्पनीहरुले काम नगरेर रकम दुरुपयोग गरेको प्रमाणहरु हुँदाहुँदै पनि अख्तियारले उनीहरु बिरुद्ध कारवाही नगरेर मधेशका नेताहरुलाई लक्षित गरि चरित्र हत्या गर्ने काम गरेको ठहर गरेको जनाएको छ ।
२०६८ साल असारमा पप्पु कन्स्ट्रक्सनले सडक डिभिजन कार्यालय नेपालगंजसँग १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुँपैयामा ठेक्का स्विकारेको जनाउँदै विज्ञप्तिमा ठेक्का स्विकारेको रकम बराबरको बिगो दुई जनासँग माँगदाबी गरकोमा अख्तियारले मधेशका नेता बिरुद्ध पूर्वाग्रही भएर षडयन्त्रपूर्ण मुद्दा चलाएकोप्रति घोर आपत्ति समेत जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ