News Category 2075/06/27
एक साता नबित्दै सप्तरीमा पुनः १४ वर्षीया बालिका बलात्कृत
दैनिक समाचारदाता
राजविराज, २६ असोज ।
७१ वर्षीया वृद्धा र १४ वर्षीया बलात्कार भएको एक साता नबित्दै सप्तरीमा पुनः एक १४ वर्षिया बालिकाको बलात्कार भएको छ ।
विहीबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका २ पातोमा १४ वर्षीया बालिका आफ्नै छिमेकीबाट बलात्कृत भएकी छिन् ।
प्रहरीका अनुसार घरमा एक्लै रहेकी बालिकालाई केही काम छ भन्दै फकाएर कोठामा लगि छिमेकी १७ वर्षीय युवाले बलात्कर गरेको हो । बालिका बलात्कार गर्ने ती युवालाई शुक्रबार विहान पक्राउ गरीएको प्रहरी नायव उपरीक्षक भावेश रिमालले बताए ।
बालालिकालाई जवरजस्ती गरेको सूचना आएपछि पुगेको प्रहरी टोलीले आरोपीलाई पक्राउ गरी अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक रिमालले जानकारी दिए । बालिकाको शुक्रबार स्थानीय गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।
यसअघि असोज २१ गते सोही नगरपालिकाको वडा नं. ५ मा १८ वर्षीय युवकले छिमेकी १४ वर्षीया बालिकाको बलात्कार गरेको थियो । सोही राति अर्काे घटनामा खडक नगरपालिका ८ मा ७१ वर्षीया वृद्धालाई स्थानीय ४० वर्षीय एक व्यक्तिले जवरजस्ती करणी गरेका थिए ।
चालू आवको तीन महिनामा जिल्लामा बलात्कारका ११ र करणी प्रयासका ५ वटा घटना भएका छन् । तीन मध्ये अधिकांश घटनामा छिमेकी र आफ्न्तको संलग्नता पाईएको छ ।
प्रहरी उपरीक्षक राजेन्द्र विष्टका अनुसार विगतमा त्यस्ता अधिकांश घटना गाउँमै मिलाउने गरीन्थ्यो। अपराधिहरु बच्दै आएका थिए । अहिले पीडित प्रहरीमा आउने क्रम बढेको छ ।
बढ्दो बलात्कारका घटनालाई मध्यनजर गर्दे जिल्ला प्रहरी कार्यालयले जनचेतना अभियान पनि चलाएको छ तर, सामाजिक विकृतिका रुपमा रहेका यस्ता समास्या प्रति जनस्तरबाटै चासो व्यक्त नभएसम्म यस्ता चुनौतीको सामना गर्न गाह्रो हुने प्रहरी उपरीक्षक विष्टको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ