News Category 2075/06/27
साँझ ८ बजेपछि मदिरा बिक्रिमा रोक
दैनिक समाचारदाता
राजविराज, २६ असोज ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले बिजय दशमी, शुभदिपावली एवं छठ पर्वको अवसरमा शुक्रबार जिल्लाका संचारकर्मीहरुसँग शुभकामना आदान प्रदान गरेको छ ।
सो कार्यक्रममा सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक राजेन्द्र विष्टले जिल्लामा देखिएका विभिन्न खाले आपराधिक घटना, महिला हिंसा, लागु पर्दाथ दुर्वेशनी लगायतमा मदिरा सेवनले ठूलो भूमिका खेलेको बताएका छन् ।
उनले जिल्लामा मदिरा नियन्त्रणको प्रयासका लागि प्रहरी लागे पनि पूर्ण रुपले मदिरा नियन्त्रण गर्न कठिनाई भइरहेको बताएका छन् । उनले मदिरा बिक्रिका लागि मदिरा पसललाई लाइसेन्स रहेकोले त्यसलाई नियन्त्रण गर्न कानुनी कठिनाई समेत रहेको जिकिर गरे ।
खुल्ला मदिरा बनाउने स्थानहरुमा प्रहरीले छापा मारेर बरामद गरेपनि त्यसलाई पूर्ण रुपले नियन्त्रण गर्न नसकेको दुखेसो व्यक्त गर्दै बिशेषगरि चाडपर्वको बेला मदिरा विक्रिमा कडाई गरिएको जानकारी दिए । प्रहरी उपरिक्षक विष्टले जिल्ला चाडपर्वको अवधी भर साँझ ८ बजेपछि मदिरा बिक्रि गर्न पूर्ण रुपले बन्द गरिएको जानकारी दिँदै सो समयपछि मदिरा बिक्रि गर्ने पसललेलाई कानुनी कारवाही समेत गर्ने बताए ।
सो कार्यक्रममा प्रहरी नायब उपरिक्षक भावेश रिमाल, प्रहरी निरिक्षक लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ