News Category 2075/06/29
प्रहरीद्वारा झण्डै ६ हजार गाँजाका बोटहरु नष्ट
दैनिक समाचारदाता
राजविराज, २७ असोज ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले जिल्लाको विभिन्न स्थानबाट आइतबार झण्डै ६ हजार गाँजाका बोटहरु नष्ट गरेको जनाएको छ ।
प्रहरीको गस्ति टोलिले जिल्लाको महादेवा गाउँपालिका १ स्थित बाट एक हजार, पकरी गाउँबाट एक सय, कन्चनरुप नगरपालिका ७ बलुवाबाट १८, शम्भुनाथ नगरपालिका ७ भगतपुरबाट ९०, खडकपुर नगरपालिका ८ मुसहर्निया टोलबाट १५, हनुमाननगर कंकालनी नगरपालिका १३ गोबरगाढा बाट चार हजार, डाक्नेश्वरी नगरपालिका १ बाट १ हजार ५ सय गाँजाका बोटहरु नष्ट गरेको जनाएको छ ।
प्रहरीका अनुसार स्थानियहरुले घरको करेसा बारिमा लगाएको अबैध गाँजा फडानी गरी उक्त बोटमा आगो लगाई नष्ट गरिएको जनाइएको छ ।
यस्तै प्रहरीले राजबिराज नगरपालिका १ स्थित डुमरी शिवथानबाट अवैध रुपमा रोपिएको ६० गाँजाका बोटहरु फडान गरि नष्ट गरिएको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ