News Category 2075/07/04
सप्तरीमा ५० हजार पशुपंक्षिको बली प्रदान, कंकालिनिमा ६ सय ३२ राँगा, २० हजार ५ सय खसीबोका, छिन्नमस्तामा २५ हजार खसीबोकाको बली प्रदान
राजबिराज÷हिन्दुहरुको महान चाड वडै दशैंको अवसमा सप्तरीमा मात्र ५० हजार बढी पशुपक्षिको बलि प्रदान गरिएको छ । आफूले चाहेको भाकल पुरा भएपछि सप्तरीको दुई शक्तिपीठहरु कंकालिनी भगवती मन्दिर र छिन्नमस्ता भगवती मन्दिर लगायत जिल्लाका अन्य मन्दिरहरुमा गरि यस वर्ष ५० हजार पशुपंक्षिको बली दिएका हुन् ।
बाराको गढीमाईपछि दोश्रो राँगा बलीमा अग्रणी रहेको जिल्लाको हनुमाननगर कंकालिनि नगरपालिका १ भारदहस्थित कंकालिनी मन्दिरमा यो वर्ष ६ सय ३२ वटा राँगाको वलि प्रदान गरिएको छ । गत वर्षको तुलनमा गत यस वर्ष १ सय ३४ वटा बढी राँगाको बलि प्रदान भएको हो । गत वर्ष ४ सय ९८ वटा राँगाको बलि प्रदान गरिएको थियो । त्यस्तै २० हजार ५ सय खसीबोकाको बलि प्रदान गरिएको छ ।
यसरी हेर्दा प्रत्येक वर्ष यस मन्दिरमा राँगाको बली दिने क्रम बढ्दै गएको छ । गत वर्ष २०७४ सालमा ४ सय ९, २०७३ सालमा ४ सय ५३ राँगाको बलि दिइएको थियो भने २०७२ सालमा ३ सय ९२, २०७१ सालमा ४ सय ४६ राँगाको बली प्रदान भएको थियो । यस्तै २०७० सालमा ३ सय ९१ वटा तथा २०६९ सालमा ३ सय ३७ वटा राँगाको बली प्रदान गरिएको थियो ।
निःसन्तानहरुले सन्तानका लागि, जटील रोगबाट पीडितहरुले स्वास्थ्यलाभका लागि, जीवन शंकटमा परेकाहरुले जीवन रक्षाका लागि, पेशा र रोजगारी शंकटमा परेकाहरुले त्यसमा सफलताका लागि वर्षौदेखि यहाँ विभिन्न किसिमको ‘भाकल’ गर्दै आएका छन् । ‘भाकल’ पुरा भएपछि ‘भाकल’ गर्नेहरुले यहाँ विजयादशमीको ‘महानवमी’ को दिन राँगाको बली दिने गर्छन् ।
यसबाहेक खसीबोका, परेवा, मिठाई तथा गर–गहना समेत चढाउने गर्दछन् । ‘यहाँ’ भन्नाले सप्तरीको भारदह गाविसस्थित मुलुकमै प्रख्यात रहेका कंकालिनी भगवती मन्दिर हुन् ।
यो मन्दिरको प्रमुख विशेषता पनि राँगा बलि प्रदान नै हो । विजयदशमीको ‘महानवमी’को दिन यहाँ राँगा बलि प्रदान वर्षौदेखि हुँदै आएको छ । मन्दिर स्थापनाकालमा पाँचवटा राँगाको बलि दिइएको थियो ।
यस मन्दिरमा नेपालका सप्तरी, सुनसरी, मोरङ्ग, सिरहा, सर्लाही, झापा सहित सम्भवतः अधिकांश जिल्लाका श्रद्धालुहरुले पुजापाठकालागि यहाँ आईसकेको मन्दिर विकास समितिको भनाई छ । नेपालबाहेक भारत बिहारको वीरपुर, फारबीसगंज, पटनासम्मका भक्तजनहरु राँगा बलि प्रदान गर्न समेत यहाँ आउने गर्दछन् ।
यस्तै सप्तरीको अर्को शक्तिपिठ छिन्नमस्ता भगवती मन्दिरमा घटस्थापनादेखि महानवमी सम्म २५ हजार खसि वोकाको वलि प्रदान गरिएको पिठाधिस महाकान्त ठाकुरले वताए । जिल्लाको छिन्नमस्ता गाउँपालिका स्थित यस मन्दिरमा यस वर्ष २५ लाख श्रद्धालु आएको उनले जानकारी दिए ।
उक्त दुवै मन्दिरमा विभिन्न ब्यक्तिले मन्दिरमा चढाएका सुन र चाँदीका गरगहना तथा नगद सुरक्षित साथ राखिएको तथा छिट्टै सम्पुर्ण आयब्यय विवरण सार्वजनिक गर्ने मन्दिर समितिले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ