News Category 2075/07/04
महिलाको विभत्स हत्या
राजबिराज÷सप्तरी सदरमुकाम राजविराजस्थित जिल्ला प्रहरी कार्यालयसँगै टाँसिएको एक घरमा महिलाको हत्या भएको छ । दशैंको टिकाको दिन प्रहरी कार्यालय नजिकै भएको उक्त घटनाले स्थानियलाई आश्चर्यचकित पार्नुका साथै प्रहरीलाई सुरक्षाको चुनौती समेत थपेको छ ।
राजविराज ६ स्थित जिल्ला प्रहरी कार्यालयको दक्षिणपट्टी टाँसिएको सो घरमा वस्दै आएकी ४२ वर्षिया आशा देवको अज्ञात ब्यक्तिवाट हत्या गरिएको प्रहरीले जनाएको छ । शुक्रवार विहान छिमेकीहरु घर जँदा उनी ओछ्यानमै मृत भेटिएको प्रहरीको भनाई छ ।
देवको टाउको र आँखामा इटा र लोहोरोले प्रहार गरी हत्या भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरी निरिक्षक सुजाता तुम्वाहाम्फेले वताउँदै थप अनुसन्धान भईरहेको जानकाी दिइन् ।
यता हत्यामा प्रयोग गरिएका इटा र लोहोरो रगत लागेकै अवस्थामा घट्नास्थलमा फेला परेको छ । प्रहरीले देवको हत्या राती १२ वजेदेखि ४ वजेसम्मको विचमा हुन सक्ने अनुमान गरेको छ । विहान सवेरै उठने देव ८ वजेसम्म नउठेपछि छिमेकीले उनको कोठामा हेर्दा रगताम्मे अवस्थामा ओछ्यानमै उनको शव फेला पारेका थिए ।
१८ वर्षअघि पतिसँग सम्वन्ध विछेद गरेकी देवको सन्तान छैनन् । उनी घरमा एक्लै वस्दै आएकी थिईन । भतिज निरजका अनुसार आशाकी आमा दुर्गाको ७ दिनअघि मात्र निधन भएको थियो । देव वस्ने कोठा र आगनमा समेत रगतको टाटा देखिएकाले हत्यापुर्व आक्रमणकारीसँग निकै संघर्ष भएको हुन सक्ने र घटनामा एकभन्दा वढिको संलग्नता हुनसक्ने अनुमान गरिएको छ ।
देवको शव शुक्रवारै पोष्टमार्टमका लागि धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/24 अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
- 2082/02/24 संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
- 2082/02/24 आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
- 2082/02/23 प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
- 2082/02/23 परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
- 2082/02/23 वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
- 2082/02/23 विद्यालयका छात्राहरुलाई व्याग वितरण
- 2082/02/23 अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
- 2082/02/23 डाकाको प्रतिकारमा उत्रिएका कन्तलालको गोलीका साथै घरेलु हतियार प्रयोग गरि हत्या, भाई गम्भिर
- 2082/02/22 कोशी नदीमा उद्दारकला र पूर्वअभ्यासमा सहभागि दुई सशस्त्र प्रहरी बेपत्ता
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ