News Category 2075/07/04
तीन दिनदेखी अस्पतालमा दुई शव अलपत्र अवस्थामा
राजविराज÷राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा विगत तीन दिनदेखी एक महिला र एक बृद्धको शव अलपत्र अवस्थामा रहेको छ ।
तीन दिन अघि सप्तकोशी नदी किनारमा अन्दाजी ५० वर्षिया एक महिला मृत अवस्थामा फेला परेको थियो । कोही आफन्त सनाखत गर्न नआएपछि दुबै शव अलपत्र परेको हो ।
प्रहरीले घटनास्थलमा मधेशी मूलकी देखिने महिलाको शवको सरजमिन मुचुल्का बनाएर पोष्टमार्टमका लागि अस्पताल पु¥याएका थिए ।
त्यस्तै सोही दिन पूर्वपश्चिम राजमार्ग अन्तगत सप्तरीको कल्याणपुर सडक खण्डमा गम्भिर घाइते भएको अवस्थामा फेला परि उपचारको क्रममा मृत्यु भएका अन्दाजी ६० वर्षिय एक बृद्धको शव पनि पोष्टमार्टम कक्षमा वेवारिसे अवस्थामा छन् ।
पहिचान खुल्न नसकेका सवारीसाधनको ठक्करबाट गम्भिर घाइते भएका उनलाई प्रहरीले उपचारका लागि अस्पताल पु¥याएको थियो ।
तीन दिनदेखी कोही आफन्त नआए पनि उनलाई मानविय संवेदनशिलताका कारण अस्पतालका चिकित्सक र नर्सले निशुल्क उपचार गरेका थिए ।
यसैबीच शवले अस्पताल दुर्घन्धित हुन नदिन पोष्टमार्टम र आवश्यक कानुनी प्रक्रिया पुरा गरि अन्तिम संस्कार गराउने तयारी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
- 2082/06/28 एक्वा पानी उद्योगलाई दुई लाख जरिवाना
- 2082/06/28 पत्रकार माझीमाथी हातपात र दुव्र्यबहार निन्दनीय, दोषीलाई कारवाहीको माग ः पत्रकार महासंघ
- 2082/06/27 पत्रकार माझीमाथी गरिएको अभद्र व्यवहार र हातपातप्रति तीन पत्रकार संघ संगठनद्वारा भत्र्सना
- 2082/06/27 चोरीका चार मोटरसाइकलसहित सात जना पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ