News Category 2075/07/06
एकै साथ विद्यार्थी राजनीति सुरु गरेका दुई पार्टीका नेताहरु एउटै मञ्चमा
दैनिक समाचारदाता
राजविराज, ५ कात्तिक ।
फरक फरक राजनीतिक दल तथा फरक फरक राजनीतिक विश्लेषण गर्ने पार्टीका दुई नेताहरु जसलाई एउटा कार्यक्रमले एउटै मञ्चमा बसाएर विद्यार्थी जिवनका सम्झनाहरु ताजा गराउन बाध्य बनाएको छ ।
एउटै क्याम्पसमा अध्ययन गर्दाको समयमा तत्कालिन स्ववियु सचिव रहेका हालको प्रदेश मन्त्री र स्ववियु अध्यक्ष रहेका नेकपाका यूवा नेताले क्याम्पसमा बिताएका दिनहरु सम्झदै सोमबार मित्रमिलन कार्यक्रम मार्फत एउटा मञ्चमा बसेर विद्यार्थीकालका सम्झनाहलाई ताजा गराएको हो ।
एउटै क्याम्पसबाट पहिलो पटक राजनीतिक यात्रा समेत सुरु गरेका ती नेताहरु भने वर्तमानमा फरक फरक पार्टीमा आवद्ध भई हाल राजनीतिक यात्रालाई निरन्तरता दिइरहेका छन् ।
जनकपुस्थित राराब क्याम्पसका तत्कालिन स्ववियु सचिव रहेका हालको प्रदेश नं. २ का भुमी ब्यबस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह र तत्कालिन स्ववियु अध्यक्ष रहेका नेकपाका यूवा नेता महेश यादवले उच्च शिक्षा हासिल गर्नुका साथै सोही क्याम्पसबाटै राजीनितक यात्रा समेत सुरुवात गरेका थिए ।
बि.स. २०५० सालमा सोही क्याम्पसबाट उच्च शिक्षा हासिल गरेका मन्त्री साह र नेकपाका यूवा नेता महेश यादवले विद्यार्थी समयका साथीहरुसँग भेटघाट गर्ने उद्देश्यले सो मित्रमिलन समारोहमा सहभागि भए ।
कार्यक्रममा तत्कालिन राराब क्याम्पसका स्ववियु सचिव तथा हाल प्रदेशका मन्त्री साहले सबै मित्रहरुबीच मित्रतापुर्ण ब्यवहार कायम राखी सुमधुर सम्बन्धलाई निरन्तरता दिनु पर्ने धारणा राख्दै आउँदो दिनहरुमा मित्रतालाई सुमधुर बनाउनुपर्नेमा जोड दिए ।
सोही कार्यक्रममा तत्कालिन राराब क्याम्पसका स्ववियु सभापति तथा हाल नेकपाका युवा नेता महेश यादबले जातिवादलाई तोडेर मधेशको अधिकार प्रति सबै यूवाहरु एक जुट भएर अगाडि बढनुपर्नेमा जोड दिए ।
पुर्व सप्तरी बिद्यार्थी परिवारका संस्थापक सचिव कमानद यादबको अध्यक्षतामा आयोजित कार्यक्रममा पुर्व बिद्यार्थी तथा संघिय समाजवादी फोरम नेपाल सप्तरीका अध्यक्ष दिनेश कुमार यादब, पूर्व बिद्यार्थी तथा शिक्षक राजकुमार यादब, संजय साह लगायतले मित्रमिलन कार्यक्रमलाई आउने दिनहरुमा निरन्तरता दिईदै अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ