News Category 2075/07/06
दुर्घटना दुईको मृत्यु
दैनिक समाचारदाता
राजविराज, ५ कात्तिक ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरीको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको शम्भुनाथ नगरपालि ७ देवधारस्थित सडक खण्डमा सोमबार बिहान एक यात्रुबाहक बस दुर्घटना हुँदा बसका सहचालकको ज्यान गएको हो ।
पुर्वबाट पश्चिम तर्फ जादै गरेको ना ४ ख ४४७० नम्बरको बस आफै अनियन्त्रित भई सडकबाट ६ मिटर उत्तर तल खस्दा बसका सहचालक काभ्रे जिल्ला निवासी ४५ वर्षिय दिपक राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भिर घाईते भएका राईलाई उपचारका लागि सप्तरिषि अस्पताल लाहानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यता दुर्घटनामा घाइते भएका बसका यात्रुहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरि जिल्लको अग्निसाईर कृष्णासवरण गाउँपालिका १ मा माइक्रो बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।
विराटनगरवाट काठमाडौं जाँदै गरेको वा ५ ख १४५१ नम्बरको माईक्रो बसको ठक्करबाट स्थानीय ६५ वर्षिय अन्दुलाल चौधरीको मृत्यु भएको हो ।
तीव्रगतिमा रहेको माईक्रोले अर्को सवारीलाई ओभरटेक गर्ने क्रममा चौधरीलाई ठक्कर दिएको स्थानियवासीलाई उद्धेत गर्दै सप्तरी प्रहरीले जानकारी दिएको छ ।
यता दुबै सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको प्रक्रिया अगाडी बढाएको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ