News Category 2075/07/06
काँग्रेस नेताहरुद्वारा हत्याहिंसा बढेको भन्दै प्रजिअलाई ध्यानाकर्षण
दैनिक समाचारदाता
राजविराज, ५ कात्तिक ।
सप्तरी जिल्लामा हत्यासहितका अपराधिक घटनाहरु केही दिनयता बढ्न थालेको भन्दै नेपाली काँग्रेस सप्तरीका नेताहरुले सोमबार प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् ।
सरकारमा प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेका काँग्रेस सप्तरीका नेताहरुको एक टोली सोमबार राजविराजस्थित जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको ध्यानाकर्षण गराएका हुन् ।
टोलीमा सहभागी भएका नेताहरुमध्ये पूर्व सांसद् एवं नेवि संघका पूर्व अध्यक्ष रञ्जित कर्णले पछिल्लो केही दिनमा दुई–दुई वटा हत्याकै घटना सप्तरीमा घट्नुले समग्र सुरक्षाको स्थिती दर्शाएको बताउँदै उनले जिल्लामा बढ्दै गएको असुरक्षा हटाउनतर्फ आफूहरुले प्रमुख जिल्ला अधिकारीलाई भेटेर ध्यानाकर्षण गराएको बताए ।
यस्तै हत्याबाहेक जिल्लामा बलात्कार तथा यौन दुब्र्यवहारका घटना बढ्दै गएको, विभिन्न विकासीय कार्यालय तथा स्थानीय तहहरुमा आर्थिक अनियमितताका विषय उठिरहेकाले त्यसप्रति पनि काँग्रेसका नेताहरुले प्रजिअको ध्यानाकर्षण गराएका थिए ।
काँग्रेसले आउँदो तिहार र छठ पर्वको अवधीमा जिल्लामा अझ सुरक्षा ब्यवस्था कडा बनाउनसमेत स्थानीय प्रशासनसँग आग्रह गरेको टोलीमा सहभागी रहेका नेपाल प्रेस यूनियन सप्तरीका अध्यक्ष आर.एन. विश्वासले जानकारी दिए ।
सो टोलीमा नेवि संघका पूर्व अध्यक्ष एवं पूर्व सांसद् रञ्जित कर्ण, क्षेत्र नम्बर २ का सभापति महानन्द यादव, काँग्रेसका राजविराज नगर सभापति शम्भुलाल देव, यूवा नेताहरु समिर झा, पार्थो सरकार, ललिता कर्ण, सिता यादवसहितका सहभागी थिए ।
दशैंको टिकाको दिन सदरमुकाम राजविराजस्थित जिल्ला प्रहरी कार्यालय छेउमै रहेको घरमा स्थानीय ४५ वर्षिया आशा देवको र केही दिनअघि दुई समुहको बीचमा राजविराज नगरपालिकाकै प्रेम यादवको हत्या भएको थियो । तर, दुवै घटनामध्ये हालसम्म प्रहरीले दोषी पता लगाई सार्वजनिक गर्न सकेको छैन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ