News Category 2075/07/08
उत्पीडित समुदायको हक अधिकारका लागि एकजुट हुनुपर्छ : सांसद चौधरी
दैनिक समाचारदाता
राजविराज, ८ कात्तिक ।
प्रतिनिधिसभा सदस्य चन्द्रकान्त चौधरीले उत्पीडित समुदायको हक अधिकारका लागि सवै एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।
थारु कल्याणकारिणी सभा सप्तरी, क्षेत्रीय, गाउँ एवं नगर समितीद्वारा जिल्लाको शम्भुनाथ नगरपालिकामा संयुक्त रुपमा आयोजित दशै, तिहार, छठ र समाचकेवा पर्वको अवसरमा आयोजित शुभकामाना आदान प्रदान कार्यक्रममा वोल्दै सासंद चौधरीले थारु, मधेशी, आदिवासी जनजाति लगायतका उत्पीडित समुदायमाथि भएको विभेद विरुद्ध संर्घष जारी रहेको वताए ।
नेपालको संविधान २०७२ विभेदकारी रहेको आरोप लगाउँदै उनले संविधानमा रहेको विभेदकारी नीति संशोधन गर्न आफू र आफ्नो पार्टी संर्घषरत रहेको वताउँदै आदिवासी जनजाति, मधेशी, दलित, मुश्लिम समुदायको अधिकार सुनिश्चितताको लागि संविधानमा रहेको विभेदकारी नीति संशोधन गर्नु जरुरी रहेको जिकिर गरे ।
थाकसका अध्यक्ष पूर्णप्रसाद चौधरीको अध्यक्षतमा आयोजित कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष वृजमान तामाङ, थाकसका पुर्व केन्द्रिय सदस्य कन्तलाल चौधरी, नेपाल मधेशी निजामती कर्मचारी मंचका राष्ट्रिय अध्यक्ष भुवनेश्वर चौधरी, गैर सरकारी संस्था महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, केन्द्रिय पार्षद विलट चौधरी, अनिल चौधरी पुर्व जिल्ला शिक्षा अधिकारी राम नारायण चौधरी, पुर्व प्रधानाध्यपाक महावीर प्रसाद चौधरी, समाजसेवीहरु यूगूत लाल चौधरी, प्रभु नारायण चौधरी, पन्नालाल चौधरीले शुभकामाना मन्तव्य ब्यक्त गर्दै विभाजित भएको थाकस सप्तरीलाई एउटै वनाउनु पर्नेमा जोड दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ