News Category 2075/07/09

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दैनिक समाचारदाता

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दैनिक समाचारदाता
राजविराज, ९ कात्तिक ।
    सप्तरी रुपनी गाउँपालिका २ स्थित राजबिराज रुपनी सडकमा शुक्रबार स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । 
    पाँच किलोमा ना.३ ख ७३९० नम्बरको कंकालिनि एकेडेमी बसले ठक्कर दिँदा स्थानिय पैदलयात्री गुनान्दन यादवको ६ वर्षीय छोरा शिवमकुमार यादव गम्भिर घाइते भएका थिए । 
    गम्भिर घाइते यादवलाई उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    यता प्रहरीले ठक्कर दिने बसलाई नियन्त्रण लिई आवश्यक अनुसन्धान गरिहेको जनाएको छ । 
 

प्रतिकृया दिनुहोस