News Category 2075/07/11
प्रदेश २ सरकारद्वारा ‘हेलो सिएम’ एप सार्वजनिक
दैनिक समाचारदाता
जनकपुरधाम, ११ कात्तिक ।
प्रदेशमा बढ्दै गएको अपराध नियन्त्रण गर्न प्रदेश २ सरकारले ‘हेलो सिएम’ एप आइतबार सार्वजनिक गरेको छ ।
प्रदेश प्रहरी कार्यालयको समुदाय प्रहरी साझेदारी कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री लालबाबु राउतले ‘हेलो सिएम’ एप सार्वजनिक गरेका हुन् ।
मुख्यमन्त्री राउतले बढ्दै गएको महिला हिंसा तथा अन्य अपराध कम गर्नका लागि यो एपले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले सिएम एपको बारेमा ग्रामीण स्तरसम्म जानकारी गराउने गरी सचेतनामुलक कार्यक्रम अभियानकै रुपमा सञ्चालन गरिने बताए ।
‘हेलो सिएम’ एप प्रयोग गरी सर्वसाधारणले आफूसँग भएको कुनै पनि अपराधिक घटनाको जानकारी सोझैं नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सक्ने सुविधा रहेको छ ।
यो एप एन्ड्रोइड मोबाइलमा डाउनलोड गरेपछि सिएम एपलाई अन गरेर आफ्नो मोबाइल तीनपटक हलाएपछि नजिकको प्रहरी कार्यालयमा इमर्जेन्सी कल बनेर पुग्ने र त्यसमा पीडितको लोकेशन समेत देखाउने व्यवस्था रहेको एपका निर्माता इन्जिनियर आदित्य राजले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ