News Category 2075/07/12

ठूलो परिमाणमा पटाका बरामद

दैनिक समाचारदाता

ठूलो परिमाणमा पटाका बरामद

दैनिक समाचारदाता
राजविराज, १२ कात्तिक । 
    सप्तरी प्रहरीले दिपावली र छठ पर्वका लागि जिल्लाको विभिन्न नाकावाट भित्राउँदै गरेको ठूलो परिमाणमा पटाकाहरु बरामद गरेको छ । 
    भारतीय सीमानासँगै टाँसिएको जिल्लाको रमपुरा मलहनीयाँ, तिलाठि, पातो सकरपुरा, नर्घो, छिन्नमस्ता, वलानविहुल लगायतका सीमामा सुरक्षाकर्मीले विशेष संयन्त्र वनाएर ती पटाकाहरु बरामद गरेको हो । 
    सोमवार जिल्ला प्रहरी कार्यालयमा संचारकर्मीको रोहवरमा बरामद गरिएका पटाकाहरु नष्ट गरिएको छ । प्रहरी उपरिक्षक राजेन्द्र विष्टका अनुसार चेक जाँचका क्रममा विभिन्न नाका र ब्यक्ति वाट जफत गरी करिव ५ लाख मुल्य वरावरको आलु वम, नागिन पटाका, सप्तरंगी पटका, रकेट वम, मिनी वुलेट, चकलेट वम, मुर्गा पटाका नष्ट गरिएको छ । 
    पटाका बरामद गर्ने तर्फ प्रहरीको सकृयता वढेसँगै विगतका वर्षहरुभन्दा अहिले पटाका पड्काउने क्रम घटेको प्रहरीको भनाई छ । 

प्रतिकृया दिनुहोस