News Category 2075/07/17
दलित समुदाय माथि छुवाछुत कायम रहेसम्म समृद्ध नेपाल हुनसक्दैन ः मुख्यमन्त्री राउत
दैनिक समाचारदाता
सिरहा, १६ कात्तिक ।
प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले नेपालमा दलित समुदाय माथि छुवाछुत कायम रहेसम्म समृद्ध नेपाल सुखी नेपालीको नाराले सार्थकता नपाउने बताएका छन् ।
दलित सरोकार मञ्च नेपाल सप्तरी शुक्रवार सिरहाको कर्जन्हा नगरपालिकामा दलित जनप्रतिनिधिहरुको प्रदेशस्तरीय सभालाई प्रमुख अतिथिको आसन्नबाट सो कुरा बताएका हुन् ।
मुख्यमन्त्री राउतले नेपालको हरेक परिर्वतनमा दलित समुदाय भागीदारी समानुपातिक रहेपनि अझै पनि अधिकार दिन बेला ठग्ने गरेको बताए ।
प्रदेश २ को सरकारले पास गरेको प्रदेश प्रहरी ऐन अनुसार प्रहरी भर्ना गर्ने भन्दै कुनै पनि ताकतले प्रहरी ऐन कार्यान्वय रोक्न नसक्ने उनले चुनौती समेत दिए ।
प्रदेश प्रहरी ऐनमा दलितको जनसख्याका अधारमा भागीदारी सुनिश्चित गरिएको छ । उनले भने, “अव प्रदेश प्रहरीमा मात्रै होईन योग्यता र क्षमताको आधारमा प्रदेशका सबै निकायमा दलितहरुको प्रतिनिधित्व सुनिश्चित हुन्छ ।”
दलित जनप्रतिनिधिहरुको प्रादेशस्तरी समितिका संयोजक तथा कर्जन्हा नगरपालिका नगरप्रमुख गंगा पासवानो अध्यक्षतामा समापन्न कार्यक्रममा वहुजन अभियन्ता हरिनन्दन रंजन, रामेश्वर महरा, विनोद पासवान, मञ्चका अध्यक्ष युत्तिलला मरिक लगायतले दलित अधिकार बारे बोलेका थिए ।
यसैबीच प्रदेश २ का पालिकामा प्रतिनिधित्व गर्ने कार्यपालिका सदस्यहरुको भेलाले कर्जन्हा नगरपालिका नगरप्रमुख गंगा पासवानको संयोजकमा ५६ सदस्य संजाल निमार्ण गरेका छन् ।
संजालले प्रदेशभरी दलित जनप्रतिनिधिहरुको हक अधिकारका लागि काम गर्ने बताएका छन् । संजालले ११ बुदे कर्जन्हा नगरपालिका घोषणा पत्र जारी गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ