News Category 2075/07/17
प्रदेशका जनता कृषिमा निर्भर नभएसम्म समृद्ध प्रदेश हुन सक्दैन्् ः मन्त्री साह
दैनिक समाचारदाता
राजविराज, १६ कात्तिक ।
प्रदेश नं. २ का भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले देशकै कृषि योग्य भुमी प्रदेश २ मै रहेकोले यहाँका जनता कृषिमा निर्भर नभए सम्म समृद्ध प्रदेश हुन नसक्ने बताएका छन् ।
सप्तरीको सप्तकोशी नगरपालिकामा शुक्रवार साना किसान कृषि सहकारी संस्था लिमिटेड ओद्राहाको १३ औ वार्षिक साधारण सभालाई सम्वोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
गरिव, किसान, मज्दुर र मुलुकमा उत्पिडीत र सर्वहारा वर्ग र समुदायको हक अधिकार प्राप्तीका निम्ती जिवनभर संर्घष गरेको जानकारी गराउदै मन्त्री साहले मुलकमा रहेको भेदवाव र असमान्ता र विभेद अन्त्य नभए सम्म संघर्ष जारी राख्ने वताए ।
साना किसान कृषि सहकारी संस्था लिमिटेड सप्तकोशी नगरपालिका ८ ओद्राहाका अध्यक्ष लक्ष्मी चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा कृषी संस्था वैक जनकपुरका संरक्षक रामवावु पाण्डे साना किसान कृषी सहकारी संस्था रायपुरका प्रवन्धक घनश्याम यादव, संघीय समाजवादी फोरम नेपाल सप्तरीका सह सचिव वृजमान तामाङ, सप्तकोशी नगरपालिका वडा नम्वर ९ का वडा अध्यक्ष चन्द्र नारायण यादव, वडा नम्वर ४ का वडा अध्यक्ष वद्री नारायण चौधरी, वडा नम्वर ८ का वडा अध्यक्ष केवार प्रसाद साह, त्रियूगा सहकारी संस्थाका अध्यक्ष शम्भु खड्का, संघीय समाजवादी फोरम नेपाल सप्तकोशी नगरपालिकाका संयोजक राम कुमार यादव, सविक ओद्राहा गाविसका भुपु अध्यक्ष रविन्द्र चौधरी, नेकपा सप्तकोशी नगरपालिकाका नगर संयोजक लेखनाथ घिमिरे लगायतकाले शुभकामाना मन्तव्य व्यक्त गर्दै किसानको आवश्यकता र समस्या प्रति सरकार गम्भिर नभएको गुनासो गरे ।
कार्यक्रममा संस्थाको गतिविधीमा महत्वपुर्ण योगदान गर्ने दुई दर्जन व्यक्तीहरुलाई प्रमुख अतिथी भुमी व्यवस्था कृषी तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले प्रमाणपत्र र सम्मान पत्रद्वारा सम्मान गरे भने मन्त्रीसाहलाई संस्थाले मायाको चिनो प्रदान गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ