News Category 2075/07/17
देश टुक्राउनेलाई तह लगाउन सबै जनता एकजुट हुनुपर्छ ः पूर्व मन्त्री यादव
दैनिक समाचारदाता
राजविराज, १६ कात्तिक ।
नेपाली काँग्रेस सप्तरीले शुक्रवार राजविराजमा आयोजना गरेको चियापान कार्यक्रम नेकपाका नेता एवं पूर्व सिचाई मन्त्री उमेश कुमार यादवले काँग्रेसका संस्थापक नेता विपि कोइरालाले मेलमिलापको नीति नल्याएको भए अहिले नेपालको अवस्था सिरिया जस्तै हुने बताएका छन् ।
नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्व मन्त्री यादवले अहिलेको समयमा नेपाली काँग्रेसले विपि कोइरालालाई बदनाम गरिरहेको आरोप समेत लगाए ।
एक अर्को प्रसङ्गमा उनले मधेशीको नाममा नेपालबाट मधेशलाई टुक्राउने षड्यन्त्र भईरहेकोले यस्ता देश टुक्राउनेलाई तह लगाउन सबै जनता एकजुट हुनुपर्ने जोड दिए ।
उनले प्रदेश नं. २ मा मदिरा र लागुऔषधका कारण अपराध बढिरहेको बताउँदै उनले प्रदेश २ लाई मदिरा मुक्त प्रदेश घोषणा गर्नका लागि आग्रह समेत गरे ।
यस्तै सोही कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले नेपाली काँग्रेस जीवन पद्धतिको पार्टी रहेको संज्ञा दिए । उनले सप्तरी जिल्ला मधेशको नेतृत्व गर्ने जिल्ला भए पनि पछिल्लो समयमा सामाजिक र आर्थिक अवस्थामा निकै तल जानु र अपराधिक गतिविधिमा वृद्धि हुनुका कारणले जिल्ला पछाडि पर्दैै गएको जिकिर गरे ।
कार्यक्रममा पूर्व सभासद् सकलदेव सुतिहारले विपी कोइरालाले राष्ट्र सबैको भएकाले सबै मिलेर राष्ट्र बनाउनुपर्ने धारणा राखे । उनले अहिलेको समयमा प्रजातन्त्रप्रतिको मोह सबैबाट हराउँदै गएकोमा दुःख व्यक्त गरे ।
सोही कार्यक्रममा संघिय समाजवादी फोरम नेपालका सप्तरी ईन्चार्ज सत्य नारायण यादव, प्रदेश नम्बर २ का प्रदेश सांसद प्रमिला यादव, ंकंचनरुपन नगरपालिकाका मेयर बसन्त मिश्र, राजबिराज नगरपालिकाका उपमेयर साधना झा, बलान बिहुल गाउँपलिका अध्यक्ष दयानन्द गोइत लगायतले शुभकामना व्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ