News Category 2075/07/17

घुस लिदालिंदै नापीका कर्मचारी पक्राउ

दैनिक समाचारदाता

घुस लिदालिंदै नापीका कर्मचारी पक्राउ

दैनिक समाचारदाता
राजविराज, १६ कात्तिक । 
    अख्तियारको टोलीले सप्तरीको कञ्चनरुप नगरपालिकाकास्थित नापी कार्यालयका एक सर्भेक्षकलाई घुस लिदा लिदै शुक्रवार पक्राउ गरेको छ । 
    नापी कार्यालय कञ्चनपुरमा सर्भेक्षक पदमा कार्यरत दिपेन्द्र यादवलाई अख्तियार अनुसन्धान आयोग इटहरीको टोलीले सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिदा लिदै पक्राउ गरेको हो । 
    एक सेवाग्राहीबाट जग्गाको क्षेत्रफल सुधार गर्ने कार्यका लागि १० हजार लिइरहेको सूचना तथा उजुरीको आधारमा अख्तियारको इटहरीस्थित कार्यालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाईएको छ ।
    यता घटनाको सम्वन्धमा थप अनुसन्धान भइरहेको अख्तियार कार्यालय इटहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट