News Category 2075/07/17
उच्च अदालत जनकपुर राजविराजद्वारा तीन महिनाको अवधीमा ५ सय ८६ मुद्दा फर्छयौट
दैनिक समाचारदाता
राजविराज, १६ कात्तिक ।
उच्च अदालत जनकपुर राजविराज इजलाशले चालु आ.ब. २०७५÷०७६ को तीन महिनाको अवधीमा ५ सय ८६ मुद्दा फर्छर्यौट गरेको जानकारी दिएको छ ।
इजलाशले शुक्रबार आयोजना गरेको न्यायका लागि नागरिक समाज एवं संचारकर्मीहरुसँगको साझेदारीता विषयक अन्तरक्रिया कार्यक्रममा वरिष्टतम न्यायाधिश तिलप्रसाद श्रोष्ठले सो जानकारी दिएका हुन् ।
चालु आ.ब.को साउन, भदौं र असोज महिनामा ५ सय ८६ मुद्दाहरु फर्छयौट गरिएको जानकारी दिँदै वरिष्टतम न्यायाधिश श्रेष्ठले चालु आ.ब.को मसान्तसम्ममा ३ हजार १ सय ७९ मुद्दाहरु फर्छयौट गर्ने लक्ष्य रहेको जानकारी समेत दिए ।
सोही कार्यक्रममा उनले गत वर्षका राजविराज इजलाशमा ४ हजार ७ सय ३ मुद्दा मध्ये १ हजार ५ सय २७ मुद्दाहरु मात्र फर्छयौट भएकोमा न्यायालयको अवस्था बारे दुःख समेत व्यक्त गरे । उनले गत वर्षको ३ हजार १ सय ७९ मुद्दा लगत र दुई वर्ष नाघेको ५ सय ८८ मुद्दाहरु समेत चालु आबमा फर्छयौट गर्ने हरसम्भव प्रयास गर्ने दृढता समेत व्यक्त गरे ।
कार्यक्रममा वरिष्टतम न्यायाधिश श्रेष्ठले न्यायालय सुधारका लागि केही प्रयासहरु गरिरहेको जानकारी दिँदै हालै मात्र अदालत परिसरमा विचौलियाहरुलाई प्रवेश निषेध गरिएको बताए । उनले राजविराज इजलाशमा तोकिएको दरबन्दी भन्दा धेरै कम कर्मचारी रहेकोले पनि न्याय सम्पादनमा कठिनाई भइरहेको गुनासो समेत व्यक्त गरे ।
सोही कार्यक्रममा सहभागिहरुले अदालतको कामकाज र सेवाप्रति गुनासो एवं सुधारका पक्षहरुबारे सुझाव समेत दिएका थिए ।
इजललाशका न्यायाधिश नारायण प्रसाद श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा राजविराज इजलाशका १० जनै न्यायाधिश, सप्तरी र सिरहा जिल्ला अदालतका न्यायाधिशहरु, सप्तरी र सिरहा नागरिक समाजका अगुवा, दुबै जिल्लाका संचारकर्मी, बार इकाईका अध्यक्ष, दुबै अदालतका रजिष्टार, अधिवक्ताहरु लगायतको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ