News Category 2075/07/19
मदिरा पसल बेलुका ८ बजे, होटल र पान पसल ९ बजेसम्म मात्र संचालन गर्न पाउने
दैनिक समाचारदाता
राजविराज, १९ कात्तिक ।
लागुऔषध तथा मदिरा दुरुपयोगको नियन्त्रण र व्यवस्थापनका लागि सर्वदलिय सर्वपक्षिय बैठकले ६ बुँदे निर्णय गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीको समन्वयमा सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न सर्वदलिय सर्वपक्षिय बैठकले सो निर्णय गरेको हो ।
अनुमती लिएर संचालन गरिरहेको मदिरा व्यवसायिहरुले बेलुका ८ बजे सम्म मात्र बिक्रि वितरण तथा अनुमति लिएर संचालन गरिरहेको बार व्यवसायिहरु (रेष्टुरेन्ट) ले बेलुका ८ः३० बजे सम्म मात्र व्यवसाय संचालन गर्न पाउने निर्णय गरिएको छ ।
त्यस्तै अनुमति लिएर संचालन गरिरहेको (बारर रेष्टुरेन्ट) सहितको होटल व्यवसायिहरु र पान पसलहरु बेलुका ९ः०० बजेसम्म मात्र संचालन गर्ने पाउने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक भावेश रिमालले जानकारी दिएका छन् ।
यसैगरि विद्यालय तथा धार्मिक क्षेत्रका वरीपरी कुनै पनि प्रकारको मदिरा बेचबिखन सेवत तथा उपभोग गर्ने व्यवसाय स्थानिय तहले अवस्था हेरी चार किल्ला वा क्षेत्र निर्धारण गरी व्यवस्थित सबै स्थानिय तहलाई अनुरोध गर्ने र नेपाल भारत सिमाको दश गजा क्षेत्रबाट १ कि.मी. कुनै पनि प्रकारको मदिरा, मदिरा जन्य पदार्थ बिक्रि वितरण र सेवनलाई पूर्ण रुपले रोक लगाउने निर्णय समेत गरिएको उनले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ