News Category 2075/07/20
गुडिरहेको सरकारी मोटरसाइकलमा आगलागि
दैनिक समाचारदता
राजविराज, २० कात्तिक ।
सप्तरी सदरमुकाम राजविराज ८ स्थित रुपनी सडक खण्डमा मंगलबार दिउँसो ४ बजे गुडिरहेको एक सरकारी मोटरसाइकलमा अचानक आगलागि भएको छ ।
जिल्लाको विष्णुपुर गाउँपालिकाको नाममा रहेको स.१.ब. ८८२ नम्बरको मोटरसाइकल गुडिरहँदा आफै आगलागि भएको प्रत्यक्षदर्शीले बताएका छन् । ६ महिना अघि मात्र खरीद गरिएको सो मोटरसाइकल गाउँपालिकाका कार्यकारी अधिकृत रंजितजंग अधिकारीले प्रयोग गर्दै आइरहेका थिए ।

राजविराज ९ मलेठस्थित गिता पेट्रोल पम्पबाट १० लिटर पेट्रोल मोटरसाइकलमा हालेर पुनः फर्कदै गर्दा अचानक आगलागि भएपछि मोटरसाइकलमा सवार दुईजनाले हामफालेर ज्यान जोगाउन सफल भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
आगलागिको सूचना पाउने वित्तिकै घटनास्थलमा आएको राजविराज नगरपालिकाको बारुणयन्त्रले आगो नियन्त्रणमा लिए पनि आगलागिबाट मोटरसाइकल पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।
यसै क्रममा मोटरसाइकल चलाइरहेका सोही गाउँपालिका बमभोली यादवलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको जनाएको छ ।
यता आगलागि कसरी भएको भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ भने मोटरसाइकलको वायरिङ सर्ट भएर आगलागि हुन सक्ने स्थानियहरुले अनुमान गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ