News Category 2075/07/24
अन्तर्राष्ट्रिय स्तरको कुस्ती प्रतियोगिता शुरु
राजविराज÷सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका २ स्थित लोनियामा शनिबारदेखि अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सुरु भएको छ ।
शनिबारको उदघाटनको खेलमा पर्साको सुनिल साहले भारत मध्य प्रदेशका रविन्द्र कानुलाई पाखा लगाए भने दोस्रो खेलमा भारत जम्मुका निसारले भारतकै हरियाणाका सुरेन्द्र पाललाई पराजित गरे ।

प्रतियोगितामा नेपालको पर्सा, बारा, सिरहा र सप्तरीका साथै भारतको जम्मु, कानपुर, दिल्ली, राजस्थान, मेरठ, हरियाणाका गरी ४२ जना पहलमानहरुको सहभागीता छ । प्रतियोगिता २६ गते सम्पन्न हुनेछ । प्रतियोगिताका विजेताहरुलाई नगदका साथे मेडल र शिल्ड प्रदान गरिने कार्यक्रम रहेको आयोजक समितिका अध्यक्ष रामेश्वर मण्डलले बताए ।

प्रतियोगिता मुल समितिको आयोजनामा प्रतियोगिता शुरु भएको उक्त प्रतियोगिताको प्रतिनिधि सभा सदस्य रानी मण्डलले उदघाटन गरेकी छिन ।
उनले प्रतियोगिताले आपसी सद्भाव बढाउनुको साथै नेपाल भारतको सम्बन्ध अझ सुमधुर बनाउने विश्वास व्यक्त गरिन । प्रमुख अतिथि मण्डलले खेलकुद क्षेत्रको विकास भए मात्र विकास निर्माणले गतिलिने बताउँदै यस क्षेत्रको विकासको लागी आफुले क्षमताले भ्याएसम्म सहयोग गर्ने प्रतिबद्घता जनाईन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ