News Category 2075/07/25

सेना, प्रहरी, जनप्रतिनिधि र  स्थानियले जलाशय सरसफाई गरे  

दैनिक समाचारदाता

सेना, प्रहरी, जनप्रतिनिधि र  स्थानियले जलाशय सरसफाई गरे  

दैनिक समाचारदाता
राजविराज, २५ कात्तिक । 
    नेपाली सेना, प्रहरी, जनप्रतिनिधि र स्थानिय बासीले छठ पर्वको अवसरमा आइतबार राजविराज नगरक्षेत्रका विभिन्न जलाशयहरुको सरसफाई गरेका छन् । 
    भिमदल गण, शसस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र स्थानियवासी मिलेर आईतबार राजविराजस्थित भगवती पोखरी, कल्टुदास पोखरी, तुरन्ती पोखरी र पुर्णी पोखरीको सरसफाई गरेका हुन् । 
    छठ पर्वलाई लक्षित गरी थालिएको अभियान सोमबार पनि जारी रहने भिमदलगणका प्रमुख सेनानी एवम गणपति गुप्त बहादुर कुवरले जानकारी दिए । 
    सफाई अभियानमा सेनाका साथै स्थानियदेखि नेपाल तथा सशस्त्र प्रहरी र जनप्रतिनिधि पनि सक्रिय सहभागी छन् । छठ पर्व नजिकिदा पनि सरसफाई नहुँदा यी पोखरीहरु दुर्गन्धीत र झारपातले ढाक्दै गएर कुरुप बनेको थियो । 
    यता अधिकांश जलाशय छठ पर्वका बेला सरसफाई गरिएपनि त्यसपछि बर्षैभरी जलाशयहरु उपेक्षित हुने गरेकाले यसको नियमित सरसफाईमा सवैले ध्यान दिनु पर्ने राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवको भनाई छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट