News Category 2075/07/26
बलान बिहुल गापामा विद्युतीकरण कार्य सम्पन्न, थप चार टोलमा विद्युत सूचारु
दैनिक समाचारदाता
राजविराज, २६ कात्तिक ।
सप्तरीको बलान बिहुल गाउँपालिकास्थित ६ वटा वडाको २४ टोल मध्ये १६ वटा टोलमा पूर्ण रुपले विद्युतीकरण कार्य सम्पन्न भएको छ ।
सो गाउँपालिकामा जनप्रतिनिधि आउनु अघि ४ टोलमा विद्युतीकरण भएको थियो भने एक हप्ता अघि ४ वटा टोलमा विद्युतीकरण गर्ने कार्य सम्पन्न भई विद्युत सूचारु भएको गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले जानकारी दिएका छन् ।
वडा नं. १ को कमलदाहा र झिझाह टोल तथा वडा नं. २ को चन्ही र पथराहा टोलमा विद्युतीकरण सम्पन्न भएको छ । ती टोलहरुमा एक साताको निरन्तर प्रयास पश्चात् विद्युत सूचारु भएको छ ।
अध्यक्ष गोइतका अनुसार २० टोलमा विद्युतीकरणका लागि पोलिङ, वायरिङ र ट्रान्सफर्मर खरीद गर्नका लागि ३ करोड २१ लाखमा टेण्डर गरिएको छ । यद्दपी ट्रान्सफर्मर उपभोक्ता समिति मार्फत खरीद गरिएको उनले जानकारी दिए । २० वटा टोलका लागि १०० केभीको ८ र ५० केभीको ७ वटा ट्रान्सफर्मर समेत खरीद गरिसकेको अध्यक्ष गोइतको भनाई छ ।
यता साउन महिनामा नेपाल विद्युत प्राधिकरण राजविराज वितरण शाखालाई ३ हजार ५ सय विद्युत मिटर उपलब्ध गराउथपस्न पत्राचार गरिए पनि हालसम्म १ सय मिटर मात्र उपलब्ध भएको अध्यक्ष गोइतले जानकारी दिए । गाउँपालिकामा जम्मा ४ हजार विद्युत मिटरको आपूर्ती रहेपनि उपभोक्ताले निवेदन दिन ढिलाई र विभिन्न राजनीतिक कारणले मिटर जडान हुन नसकेको अध्यक्ष गोइतको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ