News Category 2075/07/26
“छठ पर्व” साझा पर्वको रुपमा मनाइदै, आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
दैनिक समाचारदाता
राजविराज, २६ कात्तिक ।
हरेक वर्ष दशैं, दिपावली लगत्तै छठ पर्व मनाइन्छ । सुरुमा तराइवासीहरूले मात्र मनाउने छठ पर्व हिजोआज अन्य जातजाति एवं राजधानी लगायत पहाडी क्षेत्रमा समेत मनाउन थालिएपछि यस पर्वलाई साझा पर्वको रुपमा मनाउन थालिएको हो ।
विगतमा केही सिमित क्षेत्रमा मनाइए पनि अहिले यो पर्व सम्भवत् मुलुकको सम्पूर्ण भु–भागमा मनाइन्छ । कीन नहोस् छठ पर्व यस्तो पर्व हो जसमा “सूर्य” देवताको मात्र पूजा गरिन्छ । सूर्यले जसरी एकै साथ संसार भरी प्रकाश दिन्छ त्यसरी नै छठी माता पनि सबैको साझा र प्रिय बन्न पुगेकी छिन् । यति मात्र नभएर साझा पर्व छठले आपसी भाईचारा, सद्भाव एक आपसमा प्रेम र विभिन्न जातजातीलाई एकै थलोमा उभ्याउन सफल भएको छ ।
विश्वको दक्षिण एशियाको दुई राष्ट्र भारत र नेपाल मात्र यस्ता राष्ट्र हुन जसमा सूर्यको पुजा आराधना गरिन्छ । यसको उद्गम श्रोत सनातन हिन्दू धर्म र नेपालको सन्दर्भमा मनाउने क्षेत्र मधेश मात्रै भए पनि अहिले यो सबैभन्दा बढी लोकप्रिय र हिन्दू, इस्लाम, बौद्ध, जैन, सीख जस्ता अन्तरधार्मिक समुदायहरूले देशका करीब सातै प्रदेशसहित काठमाडौँमै पनि विशेष निष्ठाका साथ मनाउने गरेको देखिन्छ ।
सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने जनविश्वास रहेको छ । चार दिनसम्म मनाइने यस पर्वको तेश्रो दिन मंगलबार अस्ताउँदो सूर्यलाई अर्घ दिइदै छ । यसका लागि जलाशयलाई बेहुली झैं सिंगारिएको छ । ती जलाशयहरुलाई यूवाहरुसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना समेतले सरसफाई गरेका छन् ।
राजविराज वडा नम्बर १ स्थित भगवति मन्दिरको पोखरी, कल्टु दास पोखरी, सकलदेव दास पोखरी, तुरन्ती पोखरी तथा जिल्लाको कंचनपुर, भारदह, हनुमाननगर, रुपनी, कल्याणपुर सहितको दर्जनौ ठाउँमा घाट बनाएर भव्यतापूर्वक पूजापाठ गर्ने तयारी गरिदै छ । यता भारदहस्थित कोशी व्यारेजमा सप्तरी, सुनसरी, सिरहासहित सीमावर्ती भारतीय गाउँबाट समेत आएर श्रद्धालुहरुले छठी माताको पुजा र अस्ताउँदो सूर्यलाई अर्घ दिने तयारी गरेका छन् ।
यसअघि पहिलो दिन ब्रतालुहरुले अरबा–अरबाइन, दोस्रो दिन खरना गरेका छन् भने तेश्रो दिन अस्ताउन लागेको सूर्यलाई अर्घ र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजा सम्पन्न हुन्छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ