News Category 2075/07/28
उदाउँदो सूर्यलाई अर्घ दिएर छठ सम्पन्न

दैनिक समाचारदाता
राजविराज, २८ कात्तिक ।
धार्मिक सहिषुणता र आपसी सुद्भावका लागि प्रसिद्ध लोकआस्थाको महापर्व छठ बुधबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै सम्पन्न भएको छ ।
ब्रतालुहरुले बुधबार बिहान उदाउँदै सूर्यलाई अर्घ दिएपछि चार दिने पर्व सम्पन्न भएको हो ।
यसअघि मंगलबार साँझ षष्ठी तिथिका दिन ब्रतालुहरुले पवित्र जलाशयमा निर्मित घाटमा अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिएका थिए ।
यसअघि आइतबार पर्वको पहिलो दिन नुहाई खुवाई, सोमबार साँझ ‘खरना’ विधि सम्पन्न गरेर तेश्रो र चौथो दिन अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिए । खरनाकै दिनदेखी ब्रतालुहरुले निराहार ब्रत थालेका हुन् ।
सूर्यलाई अर्घ दिएर ब्रतालुले आफ्ना परिवारको सुःख, शान्ति, समृद्धि र दिर्घायुको कामना गरे । यस अवसरमा सदरमुकाम राजविराजस्थित भगवती पोखरी, खर्साल पोखरी, कल्टु पोखरी, तुरन्ती पोखरी, पूर्णी पोखरी लगायतका जलाशय किनारमा दुई हजार भन्दा बढी पूजाघाट बनाइएको थियो ।
यस्तै सप्तकोशी ब्यारेजको पूर्वपट्टी नहर किनारमा झण्डै एक हजार बढी छठघाटमा ब्रतालुले सूर्यलाई अर्घ दिए । त्यहाँ सप्तरी, सुनसरीसहित भारत बिहारको सुपौल, अररिया, सहरसा र पूर्णिया लगायतका स्थानहरुबाट समेत ब्रतालुहरु आएर छठ पूर्जा गरे ।
सूर्यदेव र षष्ठीदेवीको श्रद्धा र निष्ठापूर्वक उपासना गरिने छठ मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग मानिन्छ । लोकआस्थाको छठ पर्व आपसी सद्भावको प्रतीक मानिन्छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/06 गलत सूचना प्रकाशन, झुठा समाचार र ब्ल्याकमेल गर्ने जस्ता प्रवृत्तिलाई नियन्त्रण गर्न कानुनी प्रावधान आवश्यक छ ः मन्त्री लेखी
- 2082/05/05 लालपुर्जाका लागि संर्घषरत नगरवासी पीडित समितीद्वारा आन्दोलन सुरु
- 2082/05/04 वडाअध्यक्ष साहको निधन
- 2082/05/04 राजनीतिक प्रतिशोधको मानसिकता स्पष्ट भएको संघीय लोकतान्त्रिक मोर्चाको ठहर
- 2082/05/03 पाँच हप्तादेखी वेपत्ता सप्तरीका भगत गौरस्थित लजमा मृत फेला
- 2082/05/03 प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी
- 2082/05/02 “गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन
- 2082/05/02 राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक पक्राउ
- 2082/05/01 हात्ती धपाउन करेन्ट लगाइको तारमा टाँसिएर दम्पत्तिको मृत्यु
- 2082/04/29 खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ