News Category 2075/07/30
सिके राउतको बन्दी प्रत्यक्षीकरण सम्बन्धि मुद्दाको सुनवाइ स¥यो
दैनिक समाचारदाता
राजविराज, ३० कात्तिक ।
राष्ट्रिय अखण्डताविरुद्ध अभिव्यक्ति दिएको अभियोगमा पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतको बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनवाइ मंसिर ३ गतेलाई सरेको छ ।
राउतका दाजु जयकान्त राउतले यही कात्तिक ११ गते गैरकानूनी थुनामा राखिएको भन्दै बन्दीप्रत्यक्षीकरण रिट निवेदन रौतहट जिल्ला अदालतमा हालेका थिए ।
राउतको गिरफ्तारी कानुन बमोजिम भएको थियो या थिएन भन्ने विषयमा सुनुवाईका लागि शुक्रबार पेशी तोकिएको थियो ।
अदालतको आदेशअनुसार सुनुवाइका लागि शुक्रबार पेशी तोकिएकोमा विपक्षी जिल्ला अदालतमा सूचना नै नपुगेकोले सुनुवाइ सरेको हो ।
न्यायाधीशहरु दीपकराज जोशी र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले गरेको आदेशमा ‘विपक्षीहरु मध्येको जिल्ला अदालत रौतहटका नाउँमा सूचना म्याद तामेल भई आएको नदेखिएको साथै इजलास समक्ष विपक्षीको प्रतिनिधित्वसमेत भएको नदेखिँदा’ अर्को तारेख मिति तोकिएको उल्लेख छ ।
बन्दी प्रत्यक्षीकरणको सुनुवाइका क्रममा राउतलाई सशरीर उपस्थित गराउन प्रहरीलाई दिइएको आदेश बमोजिम बिहिबार काठमाडौं ल्याइएको थियो । गत असोज २१ गते जिल्ला अदालत गौरमा चल्दै गरेको मुद्दाको तारिख लिएर फर्कदै गर्दा प्रहरीले राउतलाई नियन्त्रणमा लिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ