News Category 2075/08/02
बरहीबिरपुरलाई मिथिला कपको उपाधी
राजबिराज÷राजविराजमा सम्पन्न पहिलो मिथिला कप टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी योंङ ११ बरहीबिरपुरले हात पारेको छ ।
स्थानिय मबिव क्याम्पस खेल मैदानमा रंजितपुर राईडर्सद्वारा आयोजनामा संचालित प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा बोदेबरसाईन टिमलाई ४ बिकेटले पराजित गर्दै बरहीबिरपुरले उपाधी हात पारेको हो ।
टस जितेर बोदेबरसाईनले निर्धारित २० ओभरको खेलमा ७ बिकेटको क्षतिमा १ सय २६ रनको योगफल तयार पारेको थियो । जसमा रोहित सिँह ३१ रन बिकास दास २३ प्रशांत राय २० अभिनाष कर्ण १७ अमित दास १४ रन बनाएका थिए ।
यता बलिंगतर्फ बरहिबिरपुरका दिब्यान्सु मलिक, पुष्प थापा २÷२ बिकेट तथा जितेन्द्र मुखिया र हासिम अंसारी १÷१ बिकेट हासिल गरेका थिए ।
१ सय २७ रनको लक्ष्य लिई मैदानमा आर्लेका बरहिबिरपुरले १८.५ओभरमा ६ बिकेट गुमाई सो लक्ष्य पार गरेको थियो । जसमा राजेश पुलामी ले अभिजित ५७ रन पुष्ष थापा २३, जितेन्द्र मुखिया अभिजित २० रन बनाएका थिए ।
बलिंगतर्फ बोदेबरसाईनका रोहित सिँह, कमल खत्री २÷२ बिकेट तथा बिकास दास र कमल ओली ले १÷१ विकेट लिएका थिए । सो खेलको म्यान अफ दि फाईनल बिजयी टिमका राजेश पुलामी घोषित भए ।
यस्तै प्रतियोगिताको म्यान अफ दि सिरिज रंजितपुर राईर्डसका बिक्रान्त देब, बेस्ट ब्याटस म्यान बरहिबिरपुरका महवुव आलम, बेस्ट बलर रंजितपुरका बलराम मुखिया घोषित भएको आयोजक संयोजक प्रमान्नद यादबले जानकारी दिए ।
बिष्णुपुर गाँउपालिकाको सहयोगमा तथा सप्तरी क्रिकेट संघको संयोजनमा आयोजित प्रतियोगितामा बिजेता तथा उपबिजेता टिमलाई प्रमुख अतिथि नेपाली काँग्रेस सप्तरीका अध्यक्ष दिनेश यादब, वडा ६ का अध्यक्ष बहादुर सदा, वडा नम्वर १ का वडा अध्यक्ष बिनोद यादब, सप्तरी क्रिकेट संघ सप्तरीका सचिव आयुष श्रेष्ठ, रंजितपुर राईर्डसका अध्यक्ष उदित यादब, राईडर्सका संजय यादब, रबिन्द्र यादब, प्रतियोगिता संयोजक प्रमान्नद यादब, सप्तरीका पुर्व खेलाडी सुरेन्द्रनाथ सिँह, अम्पायर संघ सप्तरीका संयोजक निरज सिंह, लगायतले पुरस्कार, मेडल, प्रमाणपत्र, टोकन अफ बितरण गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ