News Category 2075/08/02

गाँजाका बोटहरु फडानी गर्दै नष्ट

दैनिक समाचारदाता

गाँजाका बोटहरु फडानी गर्दै नष्ट

    राजविराज÷ईलाका प्रहरी कार्यालय कंचनपुरले २ सय ८० गाँजाका बोटहरु फडानी गरि नष्ट गरेको छ । 
    प्रहरीले कंचनरुप नगरपालिका वडा नं. ६ स्थित घोघनपुरस्थित स्थानियहरुले घरमा लगाएका अबैध २ सय ८० गाँजाका बोटहरु फडानी गरी नष्ट गरेको जनाएको छ ।
    यसअघि पनि सप्तरी प्रहरीले गाँजाका बोटहरु फडानी गरि नष्ट गरेको थियो । प्रहरीले अवैध रुपमा स्थानियहरुले घरमा रोपेका गाँजाका बोटहरु फडानी गर्ने कार्यलाई निरन्तरता दिदै आएको छ । 
    प्रहरीले केही दिन अघि मात्र जिल्लाको विभिन्न स्थानहरुबाट झण्डै १ण् हजार गाँजाका बोटहरु फडानी गर्दै नष्ट समेत गरेको थियो । 

प्रतिकृया दिनुहोस