News Category 2075/08/05
रेणु यादवले फोरमको सम्पूर्ण जिम्मेवारीबाट दिइन् राजीनामा
दैनिक समाचारदाता
राजविराज, ५ मंसिर ।
संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष रेणु यादवले पार्टीको सम्पुर्ण जिम्मेवारीबाट राजीनामा दिएकी छन् ।
उपाध्यक्ष यादवले फोरमको पदाधकारी बैठकबाट प्रदेश २ को संयोजक तथा इन्चार्ज पदबाट हटाउन खोजेपछि राजीनामा दिएको श्रोतले जनाएको छ ।
पार्टीको मंसिर २ गतेदेखी जारी पदाधिकारी बैठकमा महासचिव रामसहाय प्रसाद यादव र उपमहासचिव प्रकाश अधिकारीले प्रदेश २ को संयोजक र इन्चार्ज पदबाट रेणु यादवलाई हटाउन प्रस्ताव ल्याएपछि यादवले राजीनामा दिएकी हुन् ।
यसअघि संविधानप्रति असन्तुष्टि जनाँउदै गत असोज ३ गते फोरम नेपालको प्रदेश २ कमटीले कालो दिवस मनाएको थयो । केन्द्रको निर्णय बिपरित रेणुको अगुवाईमा प्रदेश २ मा कालो दिवस मनाइएपछि उनलाई कारवाही गर्न ठाडो प्रस्ताव आएको हो । पुर्व मन्त्री समेत रहेकी यादवले केन्द्रिय कार्य समिति समक्ष राजिनामा पत्र बुझएकी हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ